सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा सक्रमितका परिवार र सम्पर्कमा रहेकाहरुको परिक्षण सुरु


,
नेपालगञ्ज नेपालगञ्जमा कोरोना संक्रमण देखिएका व्यक्तिको परिवार र उनको सम्पर्कमा रहेकाको शनिबार बिहान देखि कोरोना परीक्षण सुरु गरिएको छ ।

प्रहरी प्रशासनको उपस्थितिमा स्वास्थ्यकर्मीले संक्रमित व्यक्तिका घरपरिवार, उनी अजाहन दिन जाने मस्जिद र मदरसाका विद्यार्थीको कोरोना परीक्षण थालेका हुन ।

उनीसंग प्रत्यक्ष सम्पर्कमा रहेको करिब ६५ जना रहेको र उनीहरुको पहिचान गरी कोरोना जाँचको लागि सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
डीएसपीरोडमा बस्ने ती व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनको घर आसपास, उनी जाने नेपागञ्ज–८ को जुलाहनपुरुवाको मस्जिद र मदरसालाई डोरीले घेरेर सील गरिएको छ ।

संक्रमितका घरपरिवार, उनीसँग दैनिक सम्पर्क रहेका व्यक्तिहरुको छिटो भन्दा छिटो कोरोना जाँच गर्न अधिकारीहरु लागेका छन् । हिजो ६० वर्षिय पुरुषमा कोरोना देखिएको थियो ।

यसैबीच संक्रमित व्यक्ति क्वारेन्टाईनबाट भागेको भन्ने अफवाह मात्र भएको अन्सारीयन मस्जिद संञ्चालन समितिका अध्यक्ष समेत रहेका नेपालगञ्जका पूर्व उपमेयर समशुदिन सिद्दिकीले दाबी गरे ।

उनले भने–‘संक्रमित व्यक्ति अन्सारीयन मस्जिदमा नियमित अजान दिने व्यक्ति भएको र उनी नेपाली नागरिक नै भएको र कतै बाहिर नगएको हुँदा उनको बारेमा अनरगल अफवाह नफैलाउन आग्रह समेत गर्दछु ।’

उनले संक्रमण भएको पुष्टि भएपछि ती व्यक्तिलाई सुरक्षित आईसोलेशन अस्पताल पुराईएको र उनीसंग दैनिक भेटघाट हुने गरेका सबैको कोरोना जाँचको लागि तयारी भएको बताउदै संक्रमणको जोखिम हुने क्षेत्रमा सबै संवेदनशिल भएर घरमै बस्न आग्रह समेत गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »