सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा सदस्यता विस्तारमा अगाडी बढ्दै भरोसा सहकारी


नेपालगंज, बाँके जिल्लालाई आफनो कार्यक्षेत्र बनाई वित्तिय तथा गैर वित्तिय सेवा दिई रहेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २, सुर्खेतरोड, धम्बोझीमा केन्द्रीय कार्यालय रहेको भरोसा बहुउद्देश्यीय सहकारी सस्ंथा लिमिटेडले आफनो सदस्यता विस्तार सँगै स्थापनाको छोटो समयमा नै जनमानसमा सकारात्मक छाप छोड्न सफल भएको छ ।


“सबै र सँधै भरीका लागि भरोसा” भन्ने मुल नाराको साथ स्थापना भएको यस सहकारीले आप्mना सदस्यहरुलाई बढि भन्दा बढी सेवा सुविधाहरु दिने उद्देश्यका साथ जनसमुदायलाई आकर्षित गर्ने १०१ दिने मुद्धति बचत खाता संचालनमा ल्याएको छ । यसमा १०१ दिनका लागि मुद्दति खातामा राखेमा बार्षिक १३.५१ प्रतिशत ब्याज प्रदान गरेको छ ।
विभिन्न १५ प्रकारका बचत खाताहरु, आवधिक र मुद्घति खाता संचालनमा ल्याई आकर्षक ब्याज प्रदान गर्नुका साथै आकर्षक सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ । साथै आप्mना सदस्यहरुलाई धितो र विनाधितोमा व्यवसाय संचालन गर्न, विस्तार गर्न र अन्य कार्यका लागि विभिन्न शीर्षकमा कर्जा प्रवाह समेत गर्दै आईरहेको छ ।
भरोसा बहुउद्देश्यीय सहकारी सस्ंथा लिमिटेड बाँकेका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावल भन्नु हुन्छ – “छिटो, छरितो डिजिटल प्रविधि मार्फत आप्mना सदस्यहरु लाई आधुनिक बैकिङ सेवा दिनका लागि मोबाइल बैंकिङ, एसएमएस सुविधा र एटिएम कार्डको सुविधा केहि समय भित्र नै दिने योजना बनाएका छौं ” प्रमुख कार्यकारी अधिकृत रावलले भन्नु भयो ।
सहकारीले नीति, विधि र प्रविधिमा विशेष जोड दिँदै सदस्यहरुलाई खुसी र सुख राख्नु नै संस्थाको उद्देश्य रहेको छ । कारोबारलाई सुरक्षित, चुस्त र पारदर्शी बनाउनका लागि सप्mटवेयर मार्फत कार्य गर्दै आएका छौं । अहिले सदस्यता विस्तार, सदस्यको सन्तुष्टि र गैरवित्तिय कारोबारलाई विशेषरुपमा हेरिरहेका छौं प्रमुख कार्यकारी अधिकृत रावलले भन्नु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »