सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा सशस्त्र प्रहरीले अवैध मोबाइलसहित सुर्तीजन्य सामाग्री बरामद


नेपालगञ्ज, सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिएको मोबाइलसहित सुर्तीजन्य सामाग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरीको नेपालगन्ज जयसपुर बिओपीले भारतबाट भित्राइदै गरेको अवस्थामा लाखौ मूल्य बराबरको अवैध सामाग्री बरामद गरिएको हो ।


मंगलबार राती १२ बजेको समयमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १६ बाट जयसपुर बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नर बहादुर सुनुवार राईको नेतृत्वमा खटिएको टोलीले सामग्री बरामद गरेको हो ।


बरामद गरिएका सामग्रीमा १० थान मोबाइल सेट, ३२ थान मोबाईलको चार्जर,७ थान सानो वुफर, घडी १ थान, डाटा केबल ठुलो ७ थान र डाटा केबल सानो ९ थान रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ । यस्तै टोलीले सुर्तीजन्य सामाग्रीमा सुपरपावर सुर्ती २९५ पोका र बिडी १९० बन्डल बरामद गरेको छ ।


बरामद गरिएका सबै अवैध सामग्रीको मूल्य १ लाख १३० रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।

रामद गरिएका विद्युतीय सामाग्री लगायत सुर्तीजन्य सामाग्रीलाई बुधबार नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।
सशस्त्र प्रहरीले पछिल्लो समय दैनिक जसो भन्सार छलेको सामग्री बरामद गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »