सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा सामुदायिकसँगै संस्थागत विद्यालयको पनि अनूमगमन

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिकसँगै संस्थागत विद्यालयको पनि आकस्मिक अनूगमन थालेको छ ।
नगर प्रमुख प्रशान्त विष्ट गतसातादेखि आकस्मिक रुपमा विद्यालयहरुको अनूगमनमा निस्कने गर्नुभएको छ । बुधबार शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा सहित नगर प्रमुख विष्टले बसुदेपुरस्थित जगतज्योती माध्यामिक विद्यालय, महाराजा माजि पुरैना र जय बागेश्वरी माध्यामिक विद्यालयको अनुगमन गर्नुभयो । जगतज्योती माविमा नियमित पठन पाठन राम्रो देखिएपनि विद्यालयमा प्राचार्य ईश्वर पौडेल सहित हाजिर रजिष्ट्ररमा अनुपस्थित ५ जना शिक्षकहरुलाई गयल गर्दै टोलीले समयमै विद्यालयमा पुगेर हाजिर गर्न निर्देशन दिएको छ । यसैगरी महाराजा माविमा विद्यार्थी र शिक्षकहरु कोठा बाहिर फेला पारेपछि अनूगमन टोलीले नियमित पठनपाठनका लागि निर्देशन दिएको थियो ।


संस्थागत विद्यालयको रुपमा पहिलो पटक जय बागेश्वरीबाट टोलीले अनूगमन थालेको हो । सोक्रममा नगर प्रमुख विष्ट सहितको टोलीले विद्यालयको विभिन्न विषयको जानकारी लिएको थियो । टोलीले शौचालय सहित भौतिक अवस्था र छात्रवृत्तिका विषयमा जानकारी लिएको थियो । नगर प्रमुख विष्ट र शाखा प्रमुख थापा सम्मिलित अनूगमन टोलीले तीनवटै विद्यालयका विद्यार्थी तथा शिक्षकसँग समेत प्रत्यक्ष परामर्श गरेको थियो । नगरको सुधारका लागि शिक्षामा विशेष जोड दिइएको भन्दै नगर प्रमुख विष्टले शैक्षिक सुधार भएपनि अन्य क्षेत्रमा सुधार देखिने भएकाले शिक्षामा विशेष प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले अनूगमन जुनसुकै समयमा र जुनसुकै विद्यालयमा पनि हुन सक्ने बताउनुभयो । अनूगमनलाई निरन्तरता दिदै विद्यालयहरुको आवश्यक सुधारका लागि पनि क्रमश पहल गरिने नगर प्रमुख विष्टले बताउनुभयो । गतसातादेखि सुरु भएको अनूगमनका कारण सामुदायिक विद्यालयमा सकारात्मक प्रभव पारेको देखिएको छ । नगर प्रमुख विष्टले आफुले बाल्यकालमा अध्ययन गरेको सामुदायिक विद्यालय महेन्द्र मावि र संस्थागत विद्यालय जयबागेश्वरीबाट अनूगमन सुरु गर्नुभएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »