सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा ११औं हप्तादेखि निरन्तर सरसफाई अभियानलाई निरन्तरता

नेपालगञ्ज, नेपालगञ्जको वडा नम्बर ४ ले निरन्तर विशेष सरसफाई अभियान चलाइरहेको छ । आज एघारौं हप्तामा पनि सरसफाई अभियानलाई निरन्तरता दिइएको छ ।
विहान सल्यानीबंगला र एबिसी टोलमा सरसफाई गरिएको छ । वडा अध्यक्ष, सदस्य, वडाका अगुवा, टोलबासी मिलेर सरसफाई गरेका हुन् । नाला र सडकको फोहर संकलन गरेर ट्याक्टरमार्फत् विसर्जन गर्ने गरिएको छ । वडालाई सफा, स्वच्छ र हराभरा बनाउने उद्देश्य अनुरुप हरेक शनिवार विहान वडाका विभिन्न टोलहरु सरसफाई गर्ने कार्यक्रममलाई विशेष अभियानका रुपमा चलाइएको वडा अध्यक्ष गोपाल पुनले बताए ।


स्वास्थ्य र सरसफाईलाई वडाले विशेष प्राथमिकता दिइरहेको छ, आफ्नो घर टोल सफा गर्ने कामको सुरुवात आफैंबाट गर्नुपर्दछ भन्ने सन्देश दिन हामीले प्रत्येक शनिवार विशेष सरसफाई अभियान चलाइरहेका छौं,” वडा अध्यक्ष पुनले भने, “जनचेतना जगाउँदै टोलबासीलाई सरसफाईप्रति जागरुक गर्ने हाम्रो उद्देश्य हो ।

वडा अध्यक्ष पुनले वडामा टोल सुधार समितिहरु गठन गर्ने कामको सुरुवात गरेको जानकारी गराउँदै विभिन्न २० वटा टोल सुधार समिति गठन गर्ने लक्ष्य राखिएको बताए । “अहिलेसम्म ५ वटा टोल सुधार समिति गठन गरिसकेका छौं,” उनले भने-“सबै गठन गरेर टोल सुधार समितिलाई सरसफाई अभियानमा क्रियाशील बनाउँछौं, उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मान पनि गर्छौं ।

भर्खरै

सम्बन्धित खबर

Language »