सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा १२ हजार बढिलाई राहत वितरण

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाले नगर क्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने १२ हजार बढि विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

नगरभित्र बसोबास गर्ने विपन्न समुदायका दैनिक ज्याला मजदुरी गर्ने, श्रमिक गरि १२ हजार ४०६ परिवारलाई राहत वितरण गरिएको हो ।

कार्यपालिका बैठकको निर्णय अनुसार वडा कार्यालयले पहिलो चरणमा विपन्न परिवार छनौंट गरि वडा कार्यालयमार्फत राहत वितरण गरिएको नेपालगञ्ज उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।

प्रति परिवार १५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, एक लिटर तेल, एक किलो नुन र एउटा सावुन वितरण गरिएको हो ।

टोल विकास समिति भएका वडामा समितिले विपन्न घरपरिवार पहिचान गरेको प्रबक्ता रिजालले बताउनुभयो ।

वितरण भएको राहत पारदर्शी बनाउनका लागि उप–महानगरपालिकाको वेभसाईटमार्फत राहत प्राप्त गर्नेहरुको नाम सार्वजनिक भईरहेको छ,प्रबक्ता रिजालले भन्नुभयो,– सामाजिक दुरी कायम गरि राहत वितरण गरिएको छ ।

कतिपय वडामा विपन्न परिवारले आफुहरु छुटेको भन्दै निवेदन दिएका कारण राहत प्राप्त गर्नेको सङ्ख्या अझै बढ्ने उप–महानगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा स्थायी बसोबास गर्ने विपन्न समुदायलाई राहत वितरण गरिएकोमा दोश्रो चरणमा नगरक्षेत्रमा भाडामा बस्ने दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्ग र विद्यार्थीका लागि राहत वितरण कार्य वडा कार्यालयमार्फत सुरु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »