सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उद्योग बाणिज्य संघ देशभरमै उत्कृष्ट

नेपालगञ्ज, नेपालगञ्ज उद्योग बाणिज्य संघ देशकै उत्कृष्ट शाखाको रुपमा सम्मान भएको छ ।

नेपाल उद्योग बाणिज्य संघको राजधानीमा सम्पन्न ५५ औं बार्षिक साधारणसभामा देशभरीका शाखा मध्ये उत्कृष्ट क वर्गको शाखाको रुपमा सम्मान गरिएको अध्यक्ष अव्दुल वाहिद मन्सुरी चुन्नाले जानकारी दिनुभयो ।

राजधानीमा भएको भव्य कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष चुन्नाले सम्मानपछि अझ राम्रो काम गर्ने हौसला बढेको प्रतिक्रिया दिनुभएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघ देशभरमै उत्कृष्ट र सम्मानित शाखाको रुपमा रहदै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »