सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन प्रचार प्रसार तिव्र


नेपालगञ्ज, नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनको प्रचार प्रसार तिव्र भएको छ ।


यस समय संघका मतदाताहरु चाहेत्यो पहाडी होस्, बनिया होस्, मारवाडी होस् वा मुस्लिम अब एउटै स्वरमा भन्न शुरुगरेका छन् एउटालाई माइनस गरौं सदस्य पदमा १८ नं. का उम्मेदवारलाई विजयी बनाऔं ।


यतिबेला संघको निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार मतदाताको रुझानमा छन् भने मतदाताकोरुझानमा एक जना सदस्य यस्ता उम्मेदवार छन् जुनकि सदस्य पदमा उनी १८ नं. मा छन् ।


उनीसदस्य पदका उम्मेदवार हुन् काला कौव्वा अर्थात रमेश चन्द्र कुमाल (भुईहारे) । रमेश चन्द्र कुमालको साफ, स्वच्छ छवि यस कारण छ कि उनी इमान्दार, मिलनसार, मृदुभाषी छन् ।
संघको निर्वाचनमा सदस्य पदमा उनी विजयी भए कुनै पनि प्यानलमा सहभागी भई उत्कृष्ट ढंगले कार्य गर्न सक्छन् ।

उनीको व्यवसाय लेखा व्यवसायको छ । आफू विजयी भए उद्योगी व्यवसायीलाई निःशुल्क सेवा प्रदान गर्न आन्तरिक राजस्व कार्यालयमा अतिरिक्त बेन्च स्थापना गरि उद्योगी व्यवसायीलाई करमा ठूलो सहयोग पु¥याउने प्रतिबद्धता जनाएका छन् । यतिखेर करबाट उद्योगी व्यवसायीहरु ठूलो मर्कामा छन् ।
उद्योगी व्यवसायीले काला कौव्वा रमेश चन्द्र कुमाललाई राम्ररी चिन्दछन् । यस कारण उद्योगी व्यवसायीले उनीलाई विजयी बनाउन एउटालाई माइनस गरौं सदस्य पदमा स्वतन्त्र उम्मेदवार १८ नं. लाई विजयी बनाऔं भन्ने किसिमको नारा लगाउन शुरु गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »