सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उद्योग वाणिज्य संघलाई उप–महानगरपालिकाको सम्मान

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाले नेपालगञ्ज उद्योग वाणिज्य संघको नव निर्वाचित कार्य समितिलाई सोमबार सम्मान सहित बधाईज्ञापन गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा संघका नव निर्वाचित अध्यक्ष अव्ुदलवाहिद मन्सुरी (चुन्ना) सहितका पदाधिकारी र सदस्यहरुलाई सम्मान सहित बधाईज्ञापन गरिएको हो ।

नगर प्रमुख राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल लगायतले सम्मान सहित बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख राणाले उपमहानगरपालिका र संघबीचको सम्बन्ध सदैध सुमधुर हुनुपर्ने पक्षमा आफुहरु भएको बताउनुभयो ।

संघ र उप–महानगरपालिकाबीच निरन्तर सहकार्यको आवश्यकता छ, राणाले भन्नुभयो,–कुनै विवाद आएमा छलफलका माध्यमबाट टुंगो लगाउ ।

उहाँले विगतदेखि नै संघसँग सहकार्य हुँदै आएको स्मरण गर्दै नयाँ कार्यसमितिसँग मिलेर अघि बढ्ने बताउनुभयो । उपप्रमुख उमा थापा मगरले संघसँग सहकार्य गरेर अघि बढ्ने नीति लिइएको जानकारी दिनुभयो ।

राजश्व परामर्श समितिमा संघको प्रतिनिधित्व हुने जानकारी दिदै उहाँले आगामी दिनमा पनि सहकार्य उत्तिकै आवश्यक भएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले संघ र स्थानीय सरकारबीचको सहकार्यबाट धेरै काम गर्न सकिने बताउनुभयो ।

कर रहरले तिर्ने वातावरण बनाउन हामी लागिपरेका छौं, रिजालले भन्नुभयो,– दुबै मिलेर स्थानीय उत्पादनको सम्वद्र्धन गर्न जरुरी छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले स्थानीय सरकार र संघबीच नङ र मासुको सम्वन्ध रहेको बताउनुभयो ।

उद्योगी ब्यवसायीले हामीलाई उनीहरुको प्रतिनिधीको रुपमा पठाएका छन, अध्यक्ष मन्सुरीले भन्नुभयो,– हाम्रो प्राथमिकतामा उद्योगी र ब्यवसायी छन, दोश्रो प्राथमिकता सामाजिक सेवा हो । मन्सुरीले उपमहानगरपालिकासँग संघको सम्बन्ध विगत भन्दा प्रगाढ हुने बिश्वास ब्यक्त गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »