सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उपमहानगरपालिका वडा न १० ले विद्यार्थी र भाडामा बस्नेहरुलाई राहत

नेपालगञ्ज,नेपालगञ्ज उपमहानगरपालिका वडा न १० ले विद्यार्थी र भाडामा बस्ने विपन्न वर्गका व्यक्तिहरुलाई पनि राहत वितरण गरेको छ ।

कोरोना भाइरसका कारण लक डाउन भएपछि दैनिक ज्यालादारी र मजदुरी गर्ने अति विपन्न परिवारलाई जीवन निर्वाह गर्न राहात प्रदान गरिसकेको वडाले आज नेपालगञ्ज उपमहानगरपालिकाद्धारा प्राप्त राहत प्रदान गरेको हो ।
एक सय ८४ जनाका लागि आएको राहत मध्ये आज एक सय ४४ जनालाई चामल लगायतको राहत दिइएको हो ।

वडा अध्यक्ष विन्दु भुषण बस्नेतले जीवन निर्वाहमा समस्या उत्पन्न नहोस् भन्ने हेतुले राहत दिइएको बताउनु भयो ।
राहत वितरण गर्दा भीडभाड हुन सक्ने सम्भावनालाई मध्य नजर गर्दै वडा कार्यालयले प्रहरीको परामर्श इकाई कार्यालयमा व्यवस्थित रुपमा राहत बाँडेको हो । राहत स्वरुप १५ केजी चामल, एक केजी दाल, एक पोका तेल, प्याकेट नून, र सोयाविन प्रदान गरिएको वडा सचिव शान्ती केसीले जानकारी दिनु भयो ।
राहत वितरणमा वडा सदस्य, कर्मचारी, वडाका अगुवा लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच एफ जी टी चर्चले वडा न १० लाई राहतस्वरुप सहयोग गरेको छ ।

करिव ८० हजार बराबरको १६ सय २५ केजी चामल, एक सय केजी दाल, सात बोरा सोयाविन आज वडाई उपलव्ध गराएको हो ।
मानवीय सेवा नै धर्म हो भन्ने अभीप्रायले वडामार्फत सहयोग गरिएको पाष्टर रमेश भण्डारीले जानकारी दिनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »