सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादौंमा ७५ विपन्न घर परिवारका लागि सहयोग प्राप्त

नेपालगञ्ज, पञ्चकन्याको नेपालगञ्जस्थित शाखाले लकडाउनका कारण समस्यामा परेका विपन्न घरपरिवारका लागि स्थानीय सरकारसँग समन्वय गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादौंमा ७५ परिवारलाई वितरणका लागि खाद्यान्न लगायतको सहयोग गरिएको वडा सदस्य दिग्विजय ढुंगानाले जानकारी दिनुभयो ।

प्रत्येक परिवारका लागि १० किलो चामल, पाँच किलो आलु,२ किलो दाल, एक लिटर खाने तेल, २ किलो पिठो र एक किलो नुन वडा अध्यक्ष दीपक वर्मालाई हस्तान्तरण गरिएको हो ।

वडा अध्यक्ष वर्माले वडाको वजेट बाहेक विभिन्न दाताको सहयोगमा पनि विपन्न घर परिवार र भाडामा बस्नेलाई सहयोग गर्दै आएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »