सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कैफुलवरा जोलाह कुटिए

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कैफुलवरा जोलाहलाई बिहिवार दिउसो कार्यकक्षमै कुटिनुभएको छ । जोलाहलाई केही ब्यक्तिहरुले कार्यकक्षमै कुटपिट र हातपात गरेको नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिनुभयो ।

टाउकोमा चोट लागेका जोलाहको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भईरहेको छ । वडा कार्यालयका कर्मचारी राज सिंह सिँजापति सहितका कर्मचारीहरुमाथी समेत अभद्र व्यवहार गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

वडा अध्यक्ष जोलाहमाथी कुटपिट गर्ने स्थानीय अयुव अली हल्वाईलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको छ । अयुवका छोरा मो.अर्षद हल्वाई फरार रहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »