सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ३ मा एक्लैनी विस्तार पछि नाली निर्माण – वडा अध्यक्ष सिद्धिकीको प्राथमिकतामा

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ३ मा अत्यन्त साँघुरो रहेको एक्लैनी सडक अहिले फराकिलो भएको छ । वडा अध्यक्ष मो. अयुव सिद्धिकीले कार्यकालको अधिकाँश समय यहि सडक फराकिलो बनाउन समय दिनुप¥यो ।

सडक सिद्धिकीको प्राथमिकतामा वडाभित्रका नाली सरसफाई र मर्मत पहिलो प्राथमिकतामा परेको छ । लक्ष्मी चित्र मन्दिर नजिकै रहेको पुरानो नाली मर्मतसम्भार गरि सरसफाई गर्न लागिएको छ ।

यसैगरी कुमारनटोलमा रहेको जीर्ण नालीलाई समेत मर्मतसम्भार गरि नाली सफा गरिदैछ । बर्षातको समयमा वडाभित्र डुबान नहोस भन्नेतर्फ आफुहरुको ध्यान केन्द्रीत भएको सिद्धिकीको भनाई छ । मुख्य नाला मर्मतसम्भार भएपछि नालीभित्र पानी जम्नेछैन, अध्यक्ष सिद्धिकीले भन्नुभयो,– अहिले नाली मर्मतसम्भार र सरसफाईमा जुटेका छौं । वडाध्यक्ष सिद्धिकी आफै खटिएर कामलाई तिव्रता दिनुभएको छ ।

No description available.


वडा नम्बर ३ को रानीतलाउ उत्तरतर्फ रहेको खाली जग्गामा स्वास्थ्य कार्यालयको भवन निर्माण अन्तिम चरणमा छ । वडा कार्यालयको निर्माण समेत त्यही गरिदैछ । एैलानी जग्गामा निर्माण गर्न लागिएपनि अदालतमा मुद्धा परेका कारण केही समय रोकिएको निर्माण कार्य फेरी सुरु भएको वडाध्यक्ष सिद्धिकीले बताउनुभयो ।

वडा कार्यालयको भवन निर्माणका लागि वडा कार्यालयले माटो पटान लगायतका अन्य कार्य सम्पन्न गरिसकेको छ । वडा अध्यक्ष सिद्धिकीले वडाबासीको चाहना र आवश्यकताका आधारमा वडा कार्यालयले आगामी आर्थिकवर्षका लागि योजना निर्माण गर्न लागेको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »