सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उप–महानगरपालिकाको छैठौं नगरसभा सम्पन्न

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाको छैठौं नगरसभा विभिन्न महत्वपूर्ण निर्णय गर्दै मंगलबार सम्पन्न भएको छ ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो । नगरसभाले शिक्षा विधेयक–२०७६ लाई स्वीकृत गरेको छ । यसैगरी सहकारी ऐन, २०७४ को प्रथम संशोधन गरेको छ ।

नगरसभाले नोवेल कोरोना भाईरसबाट सुरक्षित हुनको लागि आवश्यक सचेतनामुलक तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

नगरसभाले कोरोना विरुद्ध पुर्व तयारीका लागि आकस्मिक कोषमा रकम विनियोजन गर्ने निर्णय गरेको छ ।

बैठकले वडा नम्बर ६ मा क्रिकेट मैदान निर्माणका लागि सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णयका आधारमा प्रस्तुत भएको प्रस्तावलाई अनुमोदन गरेको छ । क्रिकेट मैदानका सन्दर्भमा संयोजक सुनिल सिंह हमालले नगरसभामा जानकारी गराउनुभएको थियो ।

नगरसभाले ५ औं नगरसभाबाट स्वीकृत वडा स्तरीय कार्यक्रमको पेश भए बमोजिमको गत आवको बाँकी मौज्जात समेतको १० करोड १७ लाख २५ हजार ७०१ रुपिया र नगर स्तरीय कार्यक्रमको ५० करोड ९० लाख ४० हजार ८०३ रुपिया बजेट तथा रकमान्तरण तथा संशोधन गर्ने निर्णय गरेको छ ।

यसैगरी सुशासन समितिका संयोजक नरबहादुर विष्ट र विधायन समितिका संयोजक मेनका विष्टले पनि प्रतिवेदन पेश गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो ।

बैठकमा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. राणाले नेपालगञ्ज उपमहानगरपालिकाले विकास निर्माणमा ठुलो फड्को मारेको बताउनुभयो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जोखिमका कारण नगरसभामा आवश्यक स्वास्थ्य परीक्षण सहित संक्षिप्त रुपमा सम्पन्न गरिएको प्रबक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । समृद्ध शहर नगरबासीको रहर भन्ने मुल नाराका साथ नगरसभा सम्पन्न भएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »