सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उप–महानगरपालिकाले अढाई करोड बढिको राहत वितरण

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाले आईतबारसम्म राहत वितरणमा अढाई करोड बढि खर्च गरेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाले स्थायी बसोबास गरिरहेका विपन्न परिवारलाई प्रति परिवार एक हजार ७५० रुपियाको दरले खाद्यान्न सहयोग गरेको छ ।

आईतबारसम्म १२ हजार ६४६ परिवारलाई दुई करोड २१ लाख ३० हजार ५०० रुपिया बराबरको राहत वितरण गरिएको छ । यसैगरी भाडामा बस्ने विपन्न घर परिवार र विद्यार्थीहरुलाई गरि आईतबारसम्म तीन हजार ९७१ जनालाई राहत वितरण गरिएको छ ।

प्रति ब्यक्ति एकहजार २०१ रुपियाका दरले ४७ लाख ६९ हजार १७१ रुपियाको राहत वितरण गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका लेखा अधिकृत राजन केसीका अनुसार स्थायी रुपमा बसोबास गर्ने विपन्न घरपरिवार र भाडामा बस्ने तथा विद्यार्थीहरुलाई गरि आईतबारसम्म दुई करोड ६८ लाख ९९ हजार ६७१ रुपिया बराबरको राहत वितरण गरिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले स्थायी बसोबास गरेकालाई पहिलो चरणमा राहत वितरण गरि दोश्रो चरणमा भाडामा बस्ने तथा विद्यार्थीलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमख उमा थापा मगरका अनुसार राहत वितरण कार्य केही वडामा जारी रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »