सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उप–महानगरपालिकाले जोलहनपुरवाका ८० घरपरिवारलाई राहत दिइने

नेपालगञ्ज,नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमण फैलिएपछि निषेधित क्षेत्र घोषणा गरिएको वडा नम्बर ८ जोलहनपुरवामा तत्काल राहत वितरण गर्ने भएको छ ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले सो टोलका ८० घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । नेपालगञ्जमा हालसम्म २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि समन्वयका लागि प्रत्येक वडामा समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार कार्यपालिका बैठकले लकडाउनका मापदण्ड पुरा गर्दै सामाजिक दुरी कायम गरेर विकास निर्माणका कार्य सुरु गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी नगरमा हाईमाष्ट जडानका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकले नगरभित्र बसोबास गर्ने विपन्न समुदायका नागरिकले राहत माग गरेमा स्थलगत अनूगमनका आधारमा मात्रै वितरण गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले नारी विकास केन्द्रमा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले पिसिआर परिक्षणका लागि आवश्यक किट तत्काल भेरी अस्पतालमा उपलब्ध गराउन समेत माग गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »