सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उप–महानगरपालिकाका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्माको सक्रियतामा जल्यो हाईमाष्ट


नेपालगञ्ज, नेपालगञ्जको कारकादौंमा मंगलबाररातीदेखि हाईमाष्ट जलेको छ । वडा कार्यालयले हाईमाष्ट लाईट जडान गरेको नेपालमै पहिलो पटक हो ।


नेपालगञ्ज उप–महानगरपालिकाका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्माको पहलकदमीमा हाईमाष्ट लाईट जडान सम्पन्न भएको छ ।

काम सुरु भएको केही दिनमै हाईमाष्ट जडान सम्पन्न भएको हो । वडा कार्यालयको १६ लाख रुपियाको लागतमा कारकादौं चोक र एसके पेट्रोल पम्प नजिक हाईमाष्ट लाईट जडान भएको वडा सदस्य दीपक ढुंगानाले जानकारी दिनुभयो ।

हाईमाष्ट लाईटको उद्घाटन गर्दै वडा अध्यक्ष वर्माले सडक डिभिजन कार्यालय र विद्युत केन्द्रसँग समन्वय गरि हाईमाष्टलाईट जडान गर्न सफल भएको जानकारी दिनुभयो ।

नेपालगञ्जको विपी चोकपछि हाईमाष्ट जडान हुने कारकादौं दोश्रो चोक भएको छ । घना वस्ती भएको क्षेत्र भएकाले रातीको समयमा सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ , वडा अध्यक्ष वर्माले भन्नुभयो,– विस्तारै वडाका अन्य चोकमा पनि हाईमाष्टलाईट जडान गरिनेछ ।

वडा अध्यक्ष वर्माले वडा कार्यालयले वडाबासीको माग अनुसार विकास निर्माण कार्यलाई प्राथमिकता दिदै आएको बताउनुभयो । वडाभित्र सडक र नाली तथा अन्य काम निरन्तर भईरहेको उहाँको भनाई छ ।

भर्खरै

सम्बन्धित खबर

Language »