सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उप–महानगरपालिकाको पत्रकार भेटघाट


नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाले चालु आर्थिकवर्ष २०७६÷७७ का अधिकाँश योजना कार्यान्वयनको चरणमा रहेका छन् ।

उप–महानगरपालिकाले मङ्गलबार पत्रकार भेटघाट कार्यक्रम गरि विकास निर्माणको कार्य सन्तोषजनकरुपमा अघि बढेको जनाएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, प्रबक्ता प्रमोद रिजाल लगायतको उपस्थिती थियो ।

यहि चैत महिनाभित्र सम्पूर्ण योजना सम्पन्न गर्ने गरि कार्ययोजनाका साथ काम अघि बढाइएको पत्रकार भेटघाटमा प्रमुख राणाले जानकारी दिनुभयो ।
विकास निर्माणका नियमित कामसँगै शिक्षा, स्वास्थ्य विशेष प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

१० करोडको लागतमा छात्रा कलेज र एक करोडको लागतमा छात्रावास तथा तीन करोडको लागतमा छात्रा विद्यालय निर्माणाधिन रहेको उहाँले जानकारी दिनुभयो ।
फोहर व्यवस्थापनमा समेत पछिल्लो समय धेरै सुधार भएको छ नगर प्रमुख राणाले बताउनुभयो ।
पत्रकार भेटघाटमा उपप्रमुख उमा थापा मगरले नगरको समग्र विकासका लागि सबै पक्षको साथ र सहयोगको आवश्यकता भएको बताउनुभयो ।
नेपालगञ्जलाई आर्थिक शहरको रुपमा विकास गर्न नेपालगञ्ज–पोखरा उडान सञ्चालनका लागि पहल भईरहेको उहाँको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले पुँजीगत खर्च लपनि सन्तोषजनक रहेको बताउनुभयो ।

पत्रकार भेटघाटमा चालु आवमा नगरमा सञ्चालित विकास निर्माणका कार्यसँगै भावी योजना पनि सार्वजनिक गरिएको प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । उपमहानगरपालिकाले पत्रकार अक्षय कोषका लागि चालु आवमा चारलाख वजेट विनियोजन गरेको र आगामी वर्ष क्रमशः वजेट थप गरिने जनाएको छ ।
नगर विकास समितिमा जनप्रतिनिधी आएपछि वाटरपार्क परियोजनाको अस्थायी लालपुर्जा वितरण भएको र स्थायी पुर्जा वितरण गरि निर्माणका अन्य काम सुरु गरिने जानकारी दिइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि तथा सञ्चारकर्मी विच छलफल

२०७४ असारबाट निर्वाचित जनप्रतिनिधिको रुपमा जिम्मेवारी सम्हालेपछि सरोकारवाला सवैपक्षको समन्वय र सहकार्यमा हामी अगाडी बढिरहेका छौं । संघ, प्रदेश र स्थानीय बजेटमार्फत योजना तथा कार्यक्रम कार्यान्वयन गरी नेपालगञ्ज नगरवासीहरुमा वृहत परिवर्तनको अनुभूति दिने प्रयासमा हामीहरु लागिपरेको अवस्था छ ।

नेपालगञ्ज नगरको विकास प्रति हामी सवैको सकारात्मक चासोको विषयवस्तु बन्नुपर्दछ भन्ने मान्यता हामीले अंगिकार गरेका छौं ।

नेपालगञ्जको समग्र विकासका लागि सकारात्मक सोच राखी अल्पकालिन, मध्यकालिन र दिर्घकालिन कार्ययोजनाका साथ उपमहानगरपालिका अघि बढिरहेको सर्वविदितै छ ।

नगरको विकास निर्माण लगायत समग्र गतिविधिको बारेमा आम नगरबासीलाई जानकारी दिन आज हामी राज्यको चौथो अंगसँग यो छलफल कार्यक्रमलाई अगाडी बढाएका छौं ।

उपमहानगरपालिका परिवार तथा सञ्चारकर्मी ज्यूहरु,
चालु आ.व. २०७६।०७७ मा संचालित मुख्य मुख्य कार्यहरु ः
ज्ञ। सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण सम्पन्न भई संचालनका लागि निजी क्षेत्रलाई जिम्मा दिइएको छ ।
द्द। आधुनिक ल्याण्डफिल्ड साईट निर्माण भई संचालनमा आईसकेको छ ।
घ। एशियाली विकास बैंक मार्फत सञ्चालित परियोजनाबाट हालसम्म ३९ किलोमिटर नाला तथा ३३ किलोमिटर कालोपत्रे निर्माण भईसकेको छ, । चालु आवको ६ महिनामा १० कि।मि सडक उअअ सम्पन्न
द्ध। लक्षितवर्ग कार्यक्रम अन्तर्गत ७ ओटा नगरवस रु.३ करोड ४५ लाख ५० हजार ७ सयमा खरीद भई सञ्चालन भईरहेका छन् । बसपार्कसँगै वस संचालनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । २०७६ असोज १५ बाट नगर वस संचालन भएकोमा पुष सम्म बस संचालनको अवस्था नाफा मुलक छ ।
छ। चालु आवका सम्पूर्ण योजनाहरु चैत मसान्तभित्र सम्पन्न गरिसक्ने गरि कार्ययोजना अघि बढाइएको छ । अधिकाँश योजनाहरु हाल संचालनको क्रममा रहेको अवस्था छ ।
ट। गत आर्थिक वर्षको आन्तरिक राजश्व संकलन रु.१४ करोड ११ लाख संकलन भएकोमा यस आ.व.मा १७ करोड ४१ लाख संकलन हुने अनुमान गरिएको छ । माघ मसान्त सम्म आय ८ करोड ७५ लाख ६ हजार १९० रुपिया संकलन भईसकेको छ ।
ठ। सम्पत्तीकरको दर गत आर्थिक वर्षको भन्दा न्यून गरिएको छ भने व्यवसाय करको दरमा कुनैपनि वृद्धि गरिएको छैन,
ड। मंगल मा.वि.मा गल्र्स कलेज निर्माणाधिन रहेको छ भने सल्यानीवागस्थित आधारभुत विद्यालयमा गल्र्स स्कुलको स्तरोन्नती कार्य सम्पन्न भई संचालनमा आईसकेको छ । दुई करोडको लागतमा १८ कोठे भवन निर्माण सुरु छ ।
ढ। नगरका ३९ स्थानमा हाईमाष्ट लाईट जडान कार्य सुरु भएको छ ।
ज्ञण्। सडकमर्मत ईकाई स्थापना गरी कार्यान्वयनमा ल्याईएको,
ज्ञज्ञ। नेपालगञ्ज राजपत्र ४६ वटा ९एन, नियमावली र कार्यविधि० प्रकाशन गरिएको,
ज्ञद्द। न्यायिक समितिमा १८ वटा उजुरी प्राप्त भएकोमा न्यायीक प्रक्रिया अघि बढाइएको
ज्ञघ। कृषि विकास बैंक अगाडी धम्वोझि चोकमा आधुनिक शौचालय निर्माण कार्य सम्पन्न हुनुको साथै भेरी अञ्चल अस्पताल र नापी कार्यालय छेउमा व्यवस्थित शौचालयको निर्माणसम्पन्न भई हस्तान्तरण भईसकेको तथा ११ ओटा वडाहरुमा शौचालय निर्माण अन्तिम चरणमा रहेको,
ज्ञद्ध। आ.व.२०५५÷५६ मा निर्माणभई हाल जिर्णअवस्थामा रहेका ३१ ओटा डिपवोरिङ्ग मध्ये मर्मत संभार भई वडा न.१४ र २२ मा मर्मतसम्भार भई सञ्चालनमा आईसकेको छ । यो आवमा वडा नम्बर २२ सहित प्रदेश सरकारको अनुदानमा थप ८ वटा डिप वोरिङ निर्माण गरिनेछ । पुराना डिपबोरिङ मर्मतसम्भरका लागि उपमहानगरपालिकाले ३० लाख वजेट विनियोजन गरेको छ ।
ज्ञछ। नियमित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भईरहेको
ज्ञट। २४७ जना सिमान्तिकृत, गरिव तथा पछाडीपरेका महिला समुदायहरुलाई १ करोड ६३ लाख विनाधितो ऋण लगानी गरिएको, चालु आवमा ४३ जनालाई ३४ लाख २५ हजार ऋण लगानी गरिएको । पुष मसान्तसम्म ५८ लाख ५६ हजार ६७३ रुपिया सावा र ६, लाख १ हजार ४९ रुपिया ब्याज प्राप्त भएको ।
ज्ञठ। वडा न.१ मा स्पोर्टस एकेडेमी (ग्रासरुट फुटवल मैदान, लनटेनिशकोर्ट तथा कार्यालय कक्ष) निर्माण कार्यसम्पन्न,। क्रिकेट मैदान निर्माणका लागि वडा अध्यक्ष सुनिलसिंह हमालको संयोजकत्वमा जग्गाको निक्र्योल गरिदैं ।
ज्ञड। पूर्ण खोपयुक्त नगरपालिका घोषणालाई दीगोपना दिन विभिन्न कार्यक्रम संचालन भईरहेको
ज्ञढ। प्लाष्टिकमुक्त अभियान सञ्चालनमा रहेको ।
द्दण्। बैशाखभित्रै यस उपमहानगरपालिकालाई साक्षर नगर घोषणाका लागि अभियान संचालन भईरहेको
द्दज्ञ। वडा न.२३ र ४ मा निर्माण कार्य सम्पन्न भईसकेको छ, । वडा न. १ मा स्वास्थ्य चौकी निर्माणाधिन रहेको छ भने सबै वडामा आधारभुत स्वास्थय केन्द्र पुगेका छन् । आधारभुत केन्द्र ३,५,७ र ९ को ठेक्का सम्झौता भई कार्य अघि बढेको । वडा नम्बर २,४,६,८,१०,११ र २३ का भवन निर्माणका लागि लागत स्टिमेट गर्ने कार्य प्रक्रिया अघि बढेको छ ।
द्दद्द। न्यूरोडको सौन्दर्यीकरण कार्य सम्पन्न तथा कान्तिताल परियोजना, काञ्जिहाउस निर्माणाधिन रहेको,
द्दघ। वडाको विकास कार्यलाई छिटोछरितोरुपमा कार्यान्वयन गर्न सम्वन्धित वडा कार्यालयहरुबाट नै खाता सञ्चालन गर्ने कार्य सम्पन्न भएको, वडामा अधिकृतस्तरका कर्मचारी खटाइएको ।
द्दद्ध। नेपालगञ्ज उपमहानगरको वृहत सरसफाईको लागि ११ सडकको सरसफाइ भईरहेको ।
द्दछ। नेपालगञ्ज उपमहानपा वडा न.१ र १८ स्थित वाटरपार्क यसै आर्थिक वर्षबाट शुरुहुनेछ,
द्दट। आकाशेपुलको डिपिआर तयार गरी प्रदेश सरकारसमक्ष समपुरक बजेट माग गरिएकोमा धम्बोझीमा आकाशे पुल निर्माणका लागि एक करोड ५८ लाख रुपिया भ्याट बाहेकमा निर्माण सम्झौता भईसकेको, असारभित्र सम्पन्न गर्ने लक्ष्य
द्दठ। विपन्न पछाडी परेका महिलाका लागि लोकसेवा कक्षा संचालनको प्रक्रियामा रहेको छ । मुस्लिम तथा लोपोन्मुख महिलाका लागि आयआर्जन सहयोग कार्यक्रम सुरु भएको छ ।
२८. २०३४ सालदेखिका ब्यक्तिगत घटना दर्ता रजिष्टरलाई डिजिटलाईजेशन गर्ने कार्य भईरहेको
२९. बसपार्कमा यात्रु आगमन÷प्रस्थान सिष्टमको सुरुवात हुनेक्रममा रहेको । बसपार्कमा २३ वटा सिसिक्यामरा जडान तथा मर्मत भएको ।
३०. नेपालगञ्जलाई महानगरपालिका स्थापनाका लागि डिपिआर गर्ने कार्य प्रक्रिया सुरु गरिएको छ ।
३१. नगरभित्रका सार्वजनिक सरकारी जग्गाको पहिचान र संरक्षण को काम भैरहेको । हालसम्म नगरभित्र १३२–१६–१४.५ पर्ति, ७०–१०–० पोखरी÷गड्डा, ०–६–० मन्दिर र ३३८–७–४.५ जंगल रहेको छ ।
३२. विश्व बैंकको पाईलट परियोजनाको रुपमा नेपालको सार्वजनिक वित्तिय व्यवस्थापनको अध्ययनका लागि यस उपमहानगरपालिकालाई छनौट गरेको
३३. नेपाल सरकार तथा जर्मन सरकारको सहकार्यमा स्थानिय तथा प्रादेशिक आर्थिक विकास परियोजना संचालनमा आएको
३४. राजश्व तिर्नका लागि ई सेवा प्रविधि लागु गरिएको । देशकै नमूनाको रुपमा विद्युतीय गुनासो कक्ष स्थापना गरिएको
३५। नेपाल प्रहरी संगको सहकार्यमा लागू औषधको प्रयोग रोकथाम र नियन्त्रणका लागी नि।शुल्क परामर्श केन्द्र संचालन

नेपालगञ्ज उप–महानगरपालिकाको भावी कार्यनीति ः
१ नेपालगञ्ज उप–महानगरपालिकालाई महानगरपालिका बनाउनको लागि आवश्यक पहल शुरु भईकेको छ,
२ । नेपालगञ्जमा विश्वविद्यालय स्थापना तथा नेपालगञ्ज विमानस्थल स्तरोन्नतरीका लागि चालिएको अभियानलाई निरन्तरता दिईनेछ,,
३ । नेपालगञ्ज उपमहानगरपालिकाको आवधिक योजना निर्माण गरिनेछ,
४ । घरवहाल दस्तुरलाई व्यवस्थित गर्न न्यूनतम घरवहालकर मापदण्ड तयार गरी लागू गरिनेछ,
५ । करप्रणाली व्यवस्थित गर्न वडाकार्यालयहरु बाट नै राजश्व संकलन गर्ने कामका लागी सफ्टवेयर जडान प्रकृया संचालन क्रममा रहेको
६ । उद्योग वाणिज्य संघसँगको सहकार्यमा व्यवसाय कर उठाउने नीति अवलम्वन गरिनेछ,
७ । सार्वजनिक चासोको विकास निर्माण कार्यमा सवै सरोकारवाला सँग समन्वय गरी कार्यान्वयन गरिनेछ,
८ । निर्वाचित जनप्रतिनिधिहरुको विविधतामा एकता कायम गरी विकास निर्माण कार्यमा एकजुट भई कार्यसम्पन्न गर्ने नीति अवलम्वन गरिनेछ,
९ । सरसफाई ढलनिकास, नगर सौन्दर्यिकरण, वातावरण संरक्षण, प्लाष्टिकमुक्त शहरको परिकल्पनालाई दु्रतरुपमा अगाडी बढाईनेछ,
१०। छाडापशु तथा अव्यवस्थित सवारीसाधनको उचित व्यवस्थापन गरिनेछ,
११ । नगरलाई साक्षर नगर घोषणा गरिनेछ,
१३ । वडा न.१८ स्थित सुर्खेतरोडमा वडा कार्यालय तथा आयआर्जन वृद्धिका लागि भवन निर्माणको लागि डिपिआर तयार गरिनेछ,
१४ । अस्पतालजन्य फोहरमैला व्यवस्थापन प्रकृया अगाडी बढाईनेछ,
१५ । ३ पांग्रे अटो रिक्सार ठेला गाडा र ब्याट्री रिक्साको ब्यवस्थापनको लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गरिनेछ ।
१६ । प्रत्येक व्यक्तिको घरमा पिउने पानी पुगे नपुगेको यकिन गरि वाश कार्यक्रम सन्चालन हुदै

अन्त्यमा, नेपालगञ्ज उपमहानगरपालिकाबाट भए गरेका काम कारवाहीका बारेमा सम्पूर्ण सञ्चारकर्मी लगायत नगरवासीहरुबाट रचनात्मक सुझाव सहित साथ र सहयोगको अपेक्षा गर्दछौ । धन्यवाद ।

प्रस्तुतकर्ता ः
प्रमोद रिजाल
प्रवक्ता
नेपालगञ्ज उपमहानगरपालिका

भर्खरै

सम्बन्धित खबर

Language »