सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघ बाँकेको ध्यानाकर्षण


नेपालगञ्ज,किराना, खाद्यान्नलगायत अत्यावश्यक पसल खोल्नका लागि बाँके प्रशासनले दिएको समयावधी नपुग्दै प्रहरीले बन्द गर्न दबाव दिँदै आएको प्रति नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघले ध्यानाकर्षण भएको जनाएको छ ।


लकडाउन पालनाका लागि जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त निर्देशनहरुको संघले सधै कार्यान्वयन गर्दै आएपनि प्रहरीले माथिको आदेश भन्दै एक–दुई बजेनै पसल बन्द गराउने भन्दै नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघबाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।


सर्वपक्षीय बैठकको सहमति अनुसार बैशाख २५ गते जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरि किराना, खाद्यान्न लगायतका अत्यावश्यक पसल बैशाख २६ गतेबाट विहान ११ देखि दिउसो ३ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेपछि दैनिक उपभोग्य वस्तुहरुको बिक्रि वितरण गर्ने किराना तथा खाद्यन्नका पसलहरु सञ्चालनमा आईरहेका छन् ।

पसल सञ्चालकले सामाजिक दुरी पालना गर्दै गराउँदै कारोबार गर्दै आईरहेको नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघ बाँकेले जनाएको छ ।

केही सुरक्षाकर्मीले माथिको आदेश भन्दै दिउँसो १÷२ बजे नै अत्यावश्यक पसल बन्द गराउन दबाब दिने, किराना तथा खाद्यान्न सामग्री बोकेका सवारी साधनलाई सडकमा अवरोध पुर्याउनेप्रति गम्भिर ध्यानाकर्षण भएको नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघ बाँकेका अध्यक्ष फणाधर भण्डारी र नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघ बाँकेका महासचिव टोपबहादुर थापाद्वारा जारी विज्ञप्मिा भनिएको छ ।


आगामी दिनमा प्रशासनको निर्देशानुसार विहान ११ देखि दिउँसो ३ बजेसम्म अत्यावश्कीय पसल निर्वाध सञ्चालन गर्न दिन र किराना तथा खाद्य सामग्री बोकेका सवारी साधनलाई निर्वाध सञ्चालन हुने व्यवस्था मिलाई दिन स्थानीय प्रहरी प्रशाससँग नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघबाँकेले माग गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »