सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी संघले नुनको खुद्रा मुल्य समायोजन गर्न माग

नेपालगञ्ज,नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी संघले नुनको खुद्रा मुल्य समय सापेक्ष समायोजन गर्न माग गरेको छ ।

संघका अध्यक्ष फणधर भण्डारी नेतृत्वको टोलीले नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्ुदल वाहिद मन्सुरी मार्फत नेपाल उद्योग वाणिज्य महासंघलाई ज्ञापनपत्र बुझाएको हो ।

साल्ट ट्रेडिङ्गबाट नुनको प्रति बोरा डिलर खरिद मुल्य ९२५ रुपिया छ । खुद्रा बिक्रेतार्ला ९६० रुपिया तोकिएको छ ।

स्थानीय ढुवानीभाडा प्रति बोरा ४० देखि ५० रुपिया भन्दा माथी पर्ने हुँदा खुद्रा ब्यापारिक प्रतिष्ठानसम्म पुग्दा नुनको मुल्य एकहजार वा सो भन्दा बढि पर्न गएको भन्दै संघले परल मुल्य भन्दा कमको खुद्रा बिक्रि मुल्य तोकिएको मुल्य रु २० मा बिक्रि गर्दा खुद्रा ब्यवसायीलाई मर्का परेको नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी संघका महासचिव टोपबहादुर थापाले जानकारी दिनुभयो ।

नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी संघ बाँकेका काेषअध्यक्ष आशिष कुमार अग्रवाल लगायतकाे सहभागिता रहेको थियाे ।

नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी संघका प्रबक्ता अव्दुल जलिल मन्सुरीले नुनको खुद्रा मुल्य समायोजन गर्न माग गरिएको संघका प्रबक्ता मन्सुरीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »