सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जकी रचना श्रेष्ठ लुम्बिनी प्रदेशबाट महासंघको केन्द्रीय सदस्यको उम्मेदवार,सर्वसम्मतको पहल


नेपालगन्ज , व्यवसाय र उद्योग वाणिज्य महासंघको राजनीतिमा लामो समयदेखि सक्रिय नेपालगन्जकी रचना श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निश्चित भएको छ ।


नेपालगन्ज उद्योग वाणिज्य संघले उनलाई उम्मेदवारका रुपमा अगाडी सार्ने निर्णय गरेको छ ।
श्रेष्ठ दुई दशकदेखि व्यवसायमा र डेढ दशकदेखि नेपालगन्ज उद्योग वाणिज्य संघमा सक्रियतापूर्वक लागिरहेकी महिला व्यवसायी हुन ।


नेपालगन्जको व्यवसायीक राजनीतिमा सक्रिय महिलाको सूचीमा सबैभन्दा अगाडी श्रेष्ठकै नाम आउँछ ।
श्रेष्ठले २०५६ सालमा व्यवसाय शुरु गरेकी थिइन । उनको पानी उद्योग अहिले पनि सन्चालनमा छ । २०६३ सालबाट श्रेष्ठले नेपालगन्ज उद्योग वाणिज्य संघबाट व्यवसायीक राजनीतिक शुरु गरेकी हुन ।
दुई पटक संघको कार्यसमिति सदस्य, एकपटक उपमहासचिव हुँदै साविकको क्षेत्रीय समिति सदस्यमा चुनाव लडेर जितिन ।

नेपालगन्ज उद्योग वाणिज्य संघ मात्र नभई महासंघको निर्वाचनमा श्रेष्ठले सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्दै आएकी छन् ।


पुख्र्यौली घर पाल्पा भएपनि उनको जन्म र कर्म भने नेपालगन्जमै रह्यो । राससका तत्कालिन क्षेत्रीय प्रमुख रहेका उनका पिता मुनिन्द्रलाल श्रेष्ठ चर्चित पत्रकार हुन । आमा मिना श्रेष्ठ समेत व्यवसायीक क्षेत्रमा सक्रिय छिन् ।


यसपटकको चुनावमा लुम्बिनी प्रदेशका उद्योग वाणिज्य संघका उम्मेदवारले सर्बसम्मतरुपमा चुनाव जिताउन सक्ने आकल गरिएको छ ।


लामो समयदेखि व्यवसायीक राजनीतिक इतिहास बोकेकी महिला व्यवसायी रहेका कारण उनलाई जिताउने सम्भावना छ । उनलाई सर्बसम्मत गराउने गरी पहल भइरहेको छ ।

लामो समयदेखि व्यवसाय र व्यवसायीक राजनीतिक क्षेत्रमा सक्रिय महिला व्यवसायीलाई सर्बसम्मत केन्द्रीय सदस्य बनाउने धेरैको अपेक्षा छ ।

भर्खरै

सम्बन्धित खबर

Language »