सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा आइसोलेसनलाई अक्सिजन उत्पादन गर्ने आधुनिक मेसिन हस्तान्तरण

नेपालगन्ज, नेपालगन्ज उप-महानगरपालिकाले रामलिलामा संचालन गरेको आइसोलेसनमा हिन्दु स्वयंसेवक संघ नेपाल बाँकेले सेवा इन्टरनेशनल नेपालको सहयोगमा आज अक्सिजन उत्पादन गर्ने आधुनिक मेसिन हस्तान्तरण गरेको छ । तीनवटा दश किलो र चारवटा पाँच किलोको आधुनिक अक्सिजन मेसिन आइसोलेसनलाई प्रदान गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा धवल शम्शेर राणाले निकै खुसी ब्यक्त गर्नुभयो । विभिन्न संघ संस्था संग सहकार्य गरेर कोरोनालाइ परास्त गर्न सबैको सहयोग उतिकै आवश्यक भएको मेयर राणाको भनाइ छ ।

यस्तो महामारीको बेला आधुनिक अक्सिजन मेसिनले थप सहज हुने र यस मेसिनलाई सहयोग गर्ने संस्था र हिन्दु सेवा समितिलाई विषेश धन्यवाद दिनुभयो । अति आवश्यक मेसिन हस्तान्तरण गरे पनि त्यो मेसिन चनाउन ज्ञान भएको मान्छे खोजेर नेपालगन्ज उप-महानगरपालिकाले यसलाई छिट्टै संचालनमा ल्याउने पनि बताउनुभयो ।

तेस्रो चरणको महामारीको पूर्वतयारीका लागि आधुनिक मेसिनले ठूलो सहजता दिने बताउनुभयो । तेस्रो चरणको भाइरस संक्रमणको जोखिम नआएपनि सुरक्षितरुपमा राखिएका ती आधुनिक मेसिन भेरी अस्पताल वा अन्य स्वास्थ्य संस्थालाई उपलब्ध गराइने पनि स्पष्ट पार्नुभयो । संघका संयोजक कृष्णा देवी पाण्डेका अनुसार, उपमहानगरपालिकाले संचालन गरेका दुईवटा आइसोलेसनमा कोभिड विरामीलाई निशुल्क खाना खुवाउने कार्यक्रम पनि चलिरहेको छ । त्यतिमात्र होइन् संघले केही स्वास्थ्यकर्मीलाई पारिश्रमिक समेत दिने गरेको छ ।

वितरण कार्यक्रममा १३ नम्वरका वडाअध्यक्ष वीरेन्द्र बहादुर शाह, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधीका (सदस्य),हिन्दु स्वयंसेवक संघ नेपाल बाँकेका सदस्य अतुल गुप्ता , विश्व जित तिवारी, करण वर्मा, परशुराम वर्मा र स्वयंसेवक संघ नेपाल बाँकेका सल्लाहकार विनोद रिजाललगायतको उपस्थिति रहेको थियो ।

संघले सेवा इन्टरनेशनल नेपालसँगको सहकार्यमा पाण्डेको नेतृत्वमा समिति बनाएको छ । त्यो समितीले कोभिड बिरामीको उपचार ब्यबस्थापनदेखि भोजनको प्रबन्ध गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »