सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगंजका उद्योगी ब्यबसायीलाई राहत प्याकेज घोषणा गर्न नेपालगंज उद्योग बाणिज्य संघ को माग


नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस (कोभिड–१९ )का कारण उद्योगी, व्यवसायमा पर्न गएको प्रभाव मुल्यांकन गर्दै राहत प्याकेजको घोषणा गर्न सरकारसंग माग गरेको छ । अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षमा बुधवार बसेको संघको बैठकले क्षतीको आधारमा बर्गीकरण गरी राहत प्याकेज घोषणा गर्न माग गरेको हो ।


संघको बैठकले बन्द भएका उद्योगहरु र व्यवसायिक फर्महरुलाई बन्दाबन्दी (लकडाउन)को समयमा हुन आउने २०७६ चैत्र महिना देखि २०७७ अषाढ मसान्त सम्म बैंक ब्याज मिनाहा गर्ने, ऋण लिएका उद्योगी, व्यवसायीहरुलाई कम्तीमा पनि तिस प्रतिशत (३०%) पुर्नकर्जा व्यवस्था गर्नुपर्ने र किस्ताको रुपमा चल्ने सम्पूर्ण ऋणलाई पुर्न तालिकिकरण गर्न जोडदार माग गर्ने सर्वसम्मतिले निर्णय गरेको अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्धारा प्रेषित बिज्ञप्तीमा उल्लेख छ ।


संघका प्रवक्ता टंकबहादुर धामीका अनुसार, पानमा दर्ता रहेका व्यवसायीहरुलाई आर्थिक वर्ष २०७६।०७७ मा पच्चास प्रतिशत (५०%) छुट दिने, स्थानिय निकायले लिने व्यवसायिक करमा पच्चास प्रतिशत (५०%) छुट दिने र घर बहाल करमा शत प्रतिशत (१००%) छुट दिनका लागि सरकारसँग जोडदार माग गर्ने निर्णय गरिएको छ ।


त्यस्तै विद्युत कार्यालयले लिने डिमाण्ड शुल्क बन्दाबन्दी (लकडाउन)को समयमा बन्द भएको उद्योगहरुलाई डिमाण्ड शुल्क शत प्रतिशत (१००%) मिनाहा गर्न र आम नागरिकको हकमा पच्चास प्रतिशत (५०%) मिनाहा गर्न सरकारसँग माग गरिएको छ ।

संघले बन्द रहेका उत्पादनमुलक उद्योगहरु सञ्चालन गराउन सरकारको तर्पmबाट सहज वातावरण मिलाउनका साथै उद्योगी, व्यवसायीहरुले सुरक्षित र सहज हुने गरि पहलकदमी गर्न गराउन र उद्योग, व्यवसायहरुमा रहेका कर्मचारीहरुको तलबको व्यवस्थापनका लागि उद्योगी, व्यवसायीहरुको तर्पmबाट पच्चास प्रतिशत (५०%) र बाँकी पच्चास प्रतिशत (५०%) सरकारको तर्पmबाट अनुदान दिन माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै खुल्ला सिमाका कारण कोरोना भाइरस भित्रिन सक्ने उच्च जोखिम यथावत भएको हुँदा कृषि उत्पादन र अन्य स्वदेशी उत्पादनलाई बढाव दिने गरि सम्बन्धित निकायहरुले बजारीकरण, ढुवानी र आपूर्ति व्यवस्थालाई सहज बनाउदै सिमा नाका अझ कडाईका साथ बन्द गर्नका लागि दबाव दिने निर्णय गरेको संघका प्रवक्ता धामीले बताए ।


त्यस्तै लकडाउन हुँदा व्यवसायीहरुले आप्mनो व्यापार, व्यवसाय बन्द गरि सम्पूर्ण कारोबार ठप्प भएको हुँदा यो कठिन प्ररिस्थितिमा घरभाडा छुट गर्नु भएको समाचारहरुमा आई रहेका खबरले त्यस्ता घरधनी प्रति संघले हार्दिक अभार प्रकट गर्दै धन्यवाद दिन दिएको छ भने अन्य घरधनीलाई घरभाडा मिनाहाका गरिदिनु हुनका लागि हार्दिक अनुरोध गरेको छ ।


संघले हाल बजारमा यदाकदा बजारमूल्य भन्दा अतिरिक्त दरमा बस्तुहरु बिक्री गरेका गुनासाहरु आइ रहेको हुँदा सम्पूर्ण उद्योगी, व्यवसायीज्यूहरुलाई अधिकतम खुद्रा मूल्य भन्दा बढीमा बिक्री वितरण नगर्नु, नगराउनुका साथै कहि, कतै, कसैले गरेको पाईएमा सम्बन्धित निकायले कारबाही गर्न हुन माग गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।
संघको मुख्य आयोजना तथा किराना तथा खाद्य व्यवसाय संघ, बाँकेको सहकार्यमा सञ्चालित घुम्ती सेवा मिति पहिलो चरणको समापन गरेको र सो घुम्ती सेवामा जिम्मेवारी लिने संघका कोषाध्यक्ष लगायत पदाधिकारी, कार्यसमिति सदस्य र किराना तथा खाद्य व्यवसाय संघ, बाँके प्रति अभार तथा धन्यवाद प्रकट गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »