सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा घरभित्रै मोहरम मनाउन मुस्लिम अगुवाको आग्रह

नेपालगन्ज,मोहर्रम पर्व घरमै मनाउन मुस्लिम बुद्धिजिवी तथा अगुवाहरुले आग्रह गरेका छन् ।

कोरोना महामारीका कारण यसबर्षको मोहर्रम बिगतजस्तो समुहमा भिडभाड नगरी घरमै मनाउन उनीहरुको आग्रह छ ।

कोरोनाले नेपालमा सबै क्षेत्रलाई प्रभाव पारेकाले योबाट जोगिन सरकारका नीति नियम पालना गर्न पनि उनीहरुको आग्रह छ ।

शनिबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय मोहर्म पर्व तथा कर्वला व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसेन हलवाई ( फिरोज वारसी) ले सबैको समन्वय र सहकार्यबाटै कोरोना भाइरस विरुद्ध लड्न सकिने बताउनुभयो ।

कोरोना भाइरसबाट बच्न नेपाल सरकारले जारी गरेको हरेक निर्देशन मुस्लिम समुदायले पालना गर्दै आइरहेको र अबका दिनहरुमा पनि सरकारले जारी गरेको निर्देशन पालना गर्ने उहाँको भनाइ छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, नेपालगन्जका ४ वटै मोहर्रम कमेटीका अगुवा र मुस्लिम बुद्धिजीविहरुको उपस्थितिमा कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै मोहर्रम पर्वका हकमा गरिएको निर्णयलाई समेत पालन गरि दिन मुस्लिम समुदायलाई सूचना मार्फत अपील पनि गरेका छन् ।

मुस्लिम समुदायको एतिहासिक पर्व मोहर्रमलाई घरमै मनाउनुका साथै ९ तारीख को दिन ताजिया राख्ने र १० तारीख ताजिया सेलाउन दुइचार जनाको समुहमा पालैपालो जान बांके प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले आग्रह गर्नुभएको छ ।

मुस्लिम धर्मालम्बीहरु इराकको कर्बलामा शहादत प्राप्त गरेका हजरत इमामे हुसैनको सम्झनामा प्रत्येक वर्ष मोहर्रम पर्ब मनाउँदै अएका छन् ।

हरेक वर्ष विविध कार्यक्रम गरेर ५ तारीख देखि १० तारीख दिनसम्म धुमधामका साथ मनाइने यो एतिहासिक पर्व शुरु हुन लागेकै बेला नेपाल भरी लगायत देशका अन्य भागमा कोरोना भाइरस समुदायमा समेत फैलिएकोले संक्रमितहरु दिनदिनै बढ्ने क्रम जारी रहेको उल्लेख गर्दै यस्तो जटिल र कठिन अवस्थालाई मध्यनजर गरेर पर्व मनाउन आग्रह गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »