सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा जनता समाजवादी पार्टी (जसपा) बाँकेको भातृ संगठनद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन

नेपालगन्ज, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधि सभा विघटनप्रति विरोध जनाउँदै आएको जनता समाजवादी पार्टी नेपाल (जसपा) का भातृ संगठन समाजवादी विद्यार्थी यूनियन बाँकेले पुतला दहन गरेको छ ।


नेपालगन्जको त्रिभुवन चौकमा आज शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरिएको यूनियन बाँके स्रोतले जनाएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्ने क्रममा विभिन्न नारा सहित सरकारको गतिविधि मुर्दावाद भनी नारा लगाइएको थियो ।

नेपालगन्जमा सम्पन्न गरिएको पुतला दहनमा जनता समाजवादी पार्टी (जसपा) बाँकेका नेता कमरुद्दीन राई, अम्बिका काफ्ले, हिक्मत विक, राजन राना मगर,श्रवण कुमार यादव, राजेन्द्र विश्वकर्मा ,उमेश कुमार बर्मा ,धर्मराज बर्मा ,रजिव बर्मा, कौशल धोबी, दिपा राना मगर , सिद अहमद कुरेसि,फैज हैदर, माजिद अलि शेषल समाजवादी मुस्लिम संघका केन्द्रीय सचिब अनीश शाह गायत नेता तथा कार्यकर्ताहरुले सरकारको गलत निर्णयलाई सच्याउनुपर्ने बताएका थिए । जनता समाजवादी पार्टी (जसपा) बाँके स्रोतले जनाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »