सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय २ पुग्यो

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या १ सय २ पुगेको बताएको छ । नेपालग‍न्जको प्रयोगशाालमा परीक्षण गर्दा थप १ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनी १६ वर्षीय पुरुष रहेको मन्त्रालयले जानकारी दिएको हो ।

शुक्रबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा। विकास देवकोटा अनुसार कोसी अञ्चल अस्पतालमा उपचाररत ८ जना निको भएर घर फर्किएका छन् । ५ जना १७ औँ दिनको उपचारपछि र ३ जना १६ औँ दिनपछि डिस्चार्ज भएको प्रवक्ता देवको
टाले जानकारी दिए । योसँगै निको हुनेको संख्या ३० जना पुगेको छ ।

त्यस्तै नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनस् भर्ना गरिएको छ ।

त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुनस् अस्पताल भर्ना गरिएको छ । यद्यपि निको भएर फर्किएका ३ जनामा पुनः कोरोना पोजिटिभ देखिएकाले उपचारमा छन् । दुई जना नारायणी अस्पतालमा र १ जना पाटन अस्पतालमा उपचाररत छन् ।

शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट ५४ हजार ५ सय ३१ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १५ हजार ४ सय ९२ परीक्षणहरु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म आइसोलेसनमा देशभरी १३५ जना रहेका छन् । काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १३२ जना रहेका छन् । क्वारेन्टाइनमा १५ हजार ६ सय २४ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »