सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा दलित महिला संघ बाँके (फेडो)को संस्थागत क्षमता विश्लेषण


नेपालगन्ज,सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले अन्य गैर सरकारी संस्थाहरुको संस्थागत क्षमता लोखाजोखा गर्न शुरु गरेको छ ।

संस्थाको आन्तरिक तथा बाह्रय क्षमता, चुस्त व्यवस्थापन प्रर्णाली, संस्थालाई चाहिने नियमावली, निर्देर्शिका र काम कारवाही प्रक्रिया लगायतका विषयमा संस्थागत क्षमताको लेखाजोखा गर्न थालिएको हो ।


पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत संस्थागत क्षमता तथा व्यवस्थापनका विषयमा नेपालगन्जस्थित दलित महिला संघ बाँकेको क्षमता लेखाजोखा गर्नका लागि आजदेखि ३ दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ ।


कार्यशालामा सुशासन, मानव शंसाधन व्यवस्थापन, वित्तिय व्यवस्थापन, संथागत व्यवस्थापन, कार्यक्रम व्यवस्थापन क्षेत्र अन्र्तगत २७ वटा उपखण्डभित्र गहन अध्ययन तथा छलफल गरि स्वःमुल्यांकन गरेर मार्किङ्ग गरिने छ ।

छलफलका आधारमा गरिने मार्किङ्गलाई विश्लेषण गरि संस्थामा रहेका विभिन्न कमी कमजोरी, समस्या र सुधार गर्नुपर्ने कुरालाई समेटेर कार्यन्वयनका लागि कार्ययोजना बनाइने छ । कार्यक्रममा आइएचआरसीका राकेशकुमार मिश्र, मानबहादुर चौधरी र प्रतापसिंह थारुले सहजीकरण गरिरहनु भएको छ ।

कार्यक्रममा संस्थाका दलित महिला संघ बाँके अध्यक्ष निर्मला सुनार पदाधिकारी कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

कार्यसमिति र सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको छ । दलित महिला संघ बाँके की कार्यक्रम संयोजक दिलिसा गौतमले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »