सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा दश लाख भारुसहित पक्राउ परेका भारतीय नागरिक सार्बजनिक


नेपालगन्ज , जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज भन्सारबाट आइतबार दश लाख भारतीय रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिकलाई आज सार्बजनिक गरेको छ ।


बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले दश लाख भारु रुपैयाँसहित पक्राउ पर्नेमा भारतको दिल्लीमा बसोबास गर्दै आएका ५४ बर्षीय मुनवर खान रहेको जानकारी दिएका हुन् ।

आइतबार दिउँसो नेपालगन्जको भन्सार चेकपोस्टमा चेकजाँचका क्रममा सशस्त्र प्रहरी जमुनाहा बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा र नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक भिम बहादुर खड्काको संंयुक्त टोलीले खानलाई ३ बजेर ४० मिनेटमा पक्राउ गरेको एसपी रानाका बताएका छन् ।
एसपी रानाका अनुसार खानको साथबाट २ हजार दरको नोट तीन थान र ५ सय दरका नोट १९८८ थान गरी जम्मा दश लाख भारतीय रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ परेका खान एक मजदुरी गर्ने व्यक्ति भएकोले त्यति ठूलो परिमाणमा किन नेपाल ल्याएको भन्ने बारेमा बिशेष अनुसन्धान गरिरहेको एसपी रानाले बताए ।

दश लाख रुपैयाँको बारेमा सबै अनुसन्धान गरिसकेपछि मात्र ठोस निर्णयमा पुगिने एसपी रानाले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »