सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा नेशनल लाइफ इन्स्योरेन्सको एजेन्सि कार्यालय स्थापना

नेपालगन्ज, नेशनल ललाइफ इन्स्योरेन्स प्राइभेट लिमिटेडको एजेन्सी कार्यालय नेपालगन्जमा स्थापना भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्ता र विमितलाई सहयोग गर्ने उद्देश्यले नेपालगन्जमा एजेन्सी कार्यालय स्थापना गरिएको इन्स्योरेन्सका कोहलपुर शाखा प्रमुख रणबहादुर ओलीले बताउनुभयो ।

नेपालगन्ज क्षेत्रका अभिकर्ता र विमितलाई लक्षित गरि स्थापना भएको एजेन्सी कार्यालय कोहलपुर शाखा कार्यालयको मातहतमा रहने छ ।

एजेन्सी कार्यालयकोे उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिका–१८ का वडा अध्यक्ष दीपककुमार बर्माले वीमाले रकम बचत गर्ने बानीको विकास गर्ने बताउँदै यसबाट दीर्घकालिन फाइदा पुग्ने धारणा राख्नुभयो ।

गरिव नागरिकका लागि वीमा एकदमै लाभदायक भएको उहाको भनाई थियो । वीमा गर्दा रुपैँया खेर गएको जस्तो लाग्न सक्छ, तर यसले वर्तमानमा भन्दा भविष्यमा फाइदा पुरयाउँछ,’ उहाँले भन्नुभयो ।

नेपालगन्ज क्षेत्रका विमित र अभिकर्तालाई कोहलपुर जानुपर्ने झन्झटलाई महशुस गरि नेपालगन्जमा एजेन्सी कार्यालय स्थापना गरिएको एजेन्सी कार्यालयकस चिफ विजनेस म्यानेजर विष्णुकुमारी केसीले बताउनुभयो ।

उहाले वीमा गराउनेलाई मात्र सहयोग गर्ने नभई वीमाबाट हुने फाइदाका बारेमा समेत बुझाउन कार्यालय स्थापना गरिएको बताउनुभयो ।

चिफ विजनेस म्यानेजर मानबहादुर डिसीले स्वागत गरेको कार्यालय उद्घाटन कार्यक्रममा विमित तेजनारायण कँडेलले वीमाले क्षति न्यूनिकरणमा टेवा पुर्याउने धारणा राख्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »