सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा पूर्व समाजवादी पार्टी बाँकेले नेपालगन्जमा राहत वितरणमा तीब्रता


नेपालगन्ज, पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा पूर्वसमाजवादी पार्टी बाँकेले नेपालगन्जमा राहत वितरणलाई तीब्रता दिएको छ ।

आजमात्रै सो पार्टीले नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा ६० घरपरिवालाई राहत वितरण गरेको पूर्व समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दिन राईले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका ४ मा मात्रै आज १७ जनालाई राहत प्रदान गरिएको छ । वडा नम्बर ४ का युवा समाजसेवी वसिम अन्सारी मक्खनको विषेश पहलमा समाजवादी पार्टीले १७ जनालाई राहत वितरण गरेको हो ।

वडा नम्वर ४ का स्थानीयले राहत नपाएर भोकभोकै बस्नु परेको दुखेसो गरेपछि पूर्व शहरी विकास मन्त्री राईले खाद्यान्न लगायतको राहत उपलब्ध गराउनुभएको हो । त्यस्तै अन्य वडामा ४३ घरपरिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार, लकडाउनका कारण कुनै पनि मानिसहरु भोकभोकै बस्न नपरोस् भन्ने उद्देश्यले पूर्व शहरी विकास मन्त्री राईको पहलमा राहत दिने काम भइरहेको हो । यो एक महिनाको अवधिमा सांसद राईले आफ्नो निर्वाचन क्षेत्रका सात हजार बढीलाई राहत दिइसकेको बताइएको छ ।

बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित राईले लकडाउन शुरु भएयता हालसम्म आफूले व्यक्तिगत रुपमा सात हजार बढी परिवारलाई उनिहरुको घरमै राहत पुरयाएको बताउनु भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा सो राहत बितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

कसैले पनि भोकै बस्न नपरोस भन्ने उदेश्यका साथ लकडाउनको शुरु देखी नै मैले आफ्नो व्यक्तिगत पहलमा राहत वितरण शुरु गरेको हुँ राईले भन्नुभयो । उहाँले लकडाउनको एक महिनाको अवधीमा खाद्यान्न नभएर समस्यामा परेका सबैलाई विना कुनै भेदभाव सामाजिक दुरी कायम राख्दै घरघरमै पुगेर खाद्यान्न पुरयाईएको बताउनु भयो ।

नेपालगन्ज उपमहानगरले एकद्धार प्रर्णालीबाट राहात वितरण गर्ने निर्णय गरेको पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन् ।

भर्खरै

सम्बन्धित खबर

Language »