सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा प्रेस स्वतन्त्रता सेनानी स्व. ‘चाचाजी’ को ९३ औ जन्मजयन्ती मनाईयो

मंसूर अली इद्रिशी

नेपालगन्ज, प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्ता ‘चाचाजी’ को ९३ औ जन्मजयन्ती नेपालगन्जमा मनाईएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरको प्रमुख अतिथित्वमा प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्ता प्रतिष्ठानको आयोजनामा ‘चाचाजी’को ९३ औ जन्मजयन्ती नेपालगन्जमा भब्यका साथ मनाईएको छ ।


प्रतिष्ठानका अध्यक्ष, पुर्व मेयर, राजनीतिक, वरिष्ठ अधिवक्ता तथा ‘चाचाजी’का छोरा विजयकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे विशिष्ट अतिथि प्रेस काउन्सिल नेपालका सदस्य सरद अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, गैसस अध्यक्ष नमस्कार शाहले पन्नालाल चाचाजीले सञ्चालन गरेको साप्ताहिक किरणलाई पुनः सञ्चालनमा ल्याउन आफुहरूबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । ‘चाचाजी’ काे पत्रकारिता क्षेत्रमा योगदान मात्र नभएर परिवारका लागि पनि उत्तिकै संघर्ष गरेको कार्यक्रममा चर्चा गरिएकाे थियाे । पत्रकारिता क्षेत्रमा चाचाजीले निकै लामो ईतिहास रचेको, दैनिक कार्य सञ्चालन लगायतका विषयमा चर्चा गरिएकाे थियाे ।


त्यस्तै सोही कार्यक्रममा पूर्व अध्यक्षद्वय झलक गैरे, रुद्र सुवेदी, लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारी, गैससका नमस्कार शाह, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, अवधी प्रत्रकार संघका राकेश मिश्र, लगायतले ‘चाचाजी’ संगको अनुभव र पत्रकारिता प्रतिको उहाँको योगदानको बारेमा चर्चा गरेका थिए ।


प्रेस काउन्सिल नेपालका सदस्य सरद अधिकारीले पत्रकारिता क्षेत्रमा अहिले बाँके लगायतका जिल्लाहरुको अवस्था बारे खेद प्रकट गर्दै ध्यानाकर्षण गराएका थिए भने कार्यक्रम सञ्चालन प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »