सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा मुस्लिम अगुवा तथा व्यवसायीद्धारा दुई सय घरपरिवारलाई खाद्यान्न सहयोग गरिंदै

नेपालगन्ज,मुस्लिम समुदायको महान पर्व ईदुल फित्र नजिकिंदै गएको बेला विपन्न, गरिब र असहायहरुलाई ईद मनाउन सहज होस भन्ने उदेश्यका साथ नेपालगन्जका केही मुस्लिम व्यवसायी तथा अगुवाहरुले दुई सय घरपरिवारलाई सेवईसहितको खाद्यान्न वितरण गर्न थालेका छन् ।

ईद आउन केही दिन मात्र बाँकी रहेकोले विपन्न र गरिबलाई ईद मनाउन सहज होस भन्ने उदेश्यले घर सय घरपरिवारलाई खाद्यान्न सहयोग गर्ने लक्ष्यसहित राहात वितरण शुरु गरिएको मुस्लिम धर्मगुरु र अगुवा मौलाना जियाउल मुस्तफा नुरानीले बताउनु भयो ।

विपन्न र असहायलाई खाने कुराको समस्या बढ्दै गएकोले यस्तो जटिल अवस्थामा ईद मनाउन सहज होस भन्ने उदेश्यले खान एण्ड कम्पनी नेपालगन्जका प्रमुख अव्दुल करीम खाँ, नेपाल स्टोर धम्बोझी नेपालगन्जका जाकीर हुसैन हलवाई, र्ईस्लाम धर्मका धर्मगुरु मौलाना जियाउल मुस्तफा नूरानी, व्यवयसायी समाजसेवी मिस्बाहुल हक अन्सारी, जैनब उद्योगका प्रोप्राइटर मोहम्मद फारुक खान र किसान टेरेडिंग कम्पनी धनगढी लगायतले मिलेर नेपालगन्जका २ सय घर परिवारलाई खाद्यान्न वितरण गर्न शुरु गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन र जोगाउन सरकारले लागु गरेको लकडाउन लम्बिंदै गएपछि सोबाट प्रभावित भएका नेपालगन्जका अति विपन्न परिवारलाई सो खाद्यान्न सहयोग गर्न शुरु गरिएको खान एण्ड कम्पनी नेपालगन्जका प्रमुख अव्दुल करीम खाँले बताउनु भयो ।

ईद पर्वलाई लक्षित गरेर वितरण गर्न शुरु गरिएको सो राहातमा प्रति परिवार १० केजी चामल, २ किलो दाल, १ किलो चिनी, १ किलो सेवई, १ किलो खाने तेल र १ किलो नुन रहेको नेपाल स्टोर धम्बोझी नेपालगन्जका जाकीर हुसैन हलवाईले बताउनु भयो ।

उहाँले यो राहात ईदलाई लक्षित गरेर वितरण गरिएपनि मुस्लिम बाहेक अन्य विपन्नलाई पनि वितरण गरिने बताउनु भयो ।

यसअघि पनि एक साता पहिले उहाँहरुले नेपालगन्जका सय बढी विपन्न परिवारलाई राहात वितरण गर्नु भएको थियो । हालसम्म राहात नपाएका व्यक्तिहरुलाई अझै पनि आफुहरुले राहात वितरण गर्ने उहाँहरुले बताउनु भएको छ ।

यसैगरि नेपालगन्जमा धेरै अगुवा र समाजसेवीहरुले आफ्नो निजि तर्फबाट धेरैलाई निरन्तर खाद्यान्न सहयोग गर्दै आउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »