सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा वडान १० मा झोला उत्पादन शुरु

नेपालगञ्ज, वडालाई प्लाष्टिक मुक्त गर्नका लागि झोला उत्पादन गर्ने उद्देश्यले नेपालगन्ज वडान. १० मा ६० दिने झोला उत्पादन तालिम सञ्चालनमा ल्याइएको छ ।

वडा न १० वडा समितिको कार्यालयले समृद्धि सिलाई कटाई प्रशिक्षण केन्द्र नेपालगञ्जको सहजीकरणमा शुक्रबारदेखि महिलाहरुका लागि तालिम सञ्चालनमा ल्याएको हो ।

स्थानीय बेरोजगार महिलाहरुलाई केन्द्रीत गरेर लक्षित वर्ग कार्यक्रमबाट तालिम सञ्चालनमा ल्याइएको हो ।
तालिम उदघाटन गर्दै वडा न १० का वडा अध्यक्ष विन्दुभुषण बस्नेतले स्वच्छ बातावरण निर्माणसागै रोजगारीको पनि माध्यम बन्ने सक्ने यस्ता तालिमलाई भरपुर सदुपयोग गर्न सहभागिलाई आग्रह गर्नु भयो ।
सहजकर्ता संस्था समृद्धि सिलाई कटाई प्रशिक्षण केन्द्रका अध्यक्ष कल्पना कुमारी बिकले तालिमलाई अवसरका रुपमा अनुशरण गर्न आहवान गर्दै रोजगारी सिर्जनाको बातावरण बनाइने बताउनु भयो ।

२० जना महिलाको सहभागिता रहेको तालिममा विभिन्न प्रकारका झोला बनाउन सिकाइने प्रशिक्षक समेत रहनु भएकी बिकले जानकारी दिनु भयो ।
प्रशिक्षक बिकका अनुसार– प्लाष्टिकको सट्टा घरायसी सरसामान बोक्न सहज हुने झोला उत्पादन गरिने छ ।
तीलाराम बिकद्धारा सञ्चालन गरिएको कार्यक्रममा वडा न १० का वडा सदस्य एवं उपमहानगरपालिकाका सुशासन समितिका संयोजक नर बहादुर विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य देउमल सुनार, दलित औद्योगिक विकास कार्यक्रम नेपाल बाँकेका सचिव छवीलाल सुनारले तालिमको सफलताको शुभकामना दिनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »