सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा शादाब एण्ड कम्पनीले ल्यायो “न्यु” डिजाइनको इलेक्ट्रिक स्कुटी

नेपालगन्ज,नेपालगन्जका सडकमा केही समययता इलेक्ट्रिक स्कुटी पनि देखिन थालेका छन् । क्युन्स सिंङ्गसले उत्पादन गरेको नेपालगन्जको आधिकारिक बिक्रेता शादाब एण्ड कम्पनीले इलेक्ट्रिक स्कुटी भित्राएको छ ।


यो स्कुटीको चार्ज क्षमता बढी रहेको छ । यो स्कुटी एक पटक चार्ज गरेमा एक सय किलोमिटरसम्म चल्ने प्रबन्धक मोहम्मद कामरान राईले जानकारी दिए । डबल डिस्क ब्रेकको सो स्कुटी आरामदायी रहेको पनि प्रबन्धक राईले जानकारी दिनुभयो ।


वायु र ध्वनी प्रदूषण नहुने तथा मर्मत खर्च निकै कम लाग्ने भएकाले उपभोक्ताको रोजाइमा पर्न थालेसँगै शादाब एण्ड कम्पनीले ई-स्कुटिमा ध्यान दिएको प्रबन्धक राईले बताउनुभयो ।


थोक तथा फुट्कर विक्रेता शादाब एण्ड कम्पनीका प्रबन्धक राईले बजारमा ल्याइएको सो स्कुटी सस्तो र गुणस्तरिय भएको उहाँको भनाई छ । नेपालगञ्जको सुर्खेत रोडमा गुरुद्धारा नजिकै सन १९९९ सालमा शादाब एण्ड कम्पनी संचालनमा आएको थियो ।


क्युन्स सिंङ्गसले उत्पादन गरेको यो खालको स्कुटी मजबुत, आरामदायी र बलियो रहेको प्रबन्धक राईको धारणा छ । शादाब एण्ड कम्पनीमा ई- रिक्सा र लोडेड ई-रिक्सा सबै पाइन छ ।
सस्तो मूल्यमा नेपालगञ्ज लगायत विभिन्न जिल्लामा समेत शादाब एण्ड कम्पनीको ई-रिक्सा पुग्ने गरेको छ ।

नेपालमा सबै भन्दा पहिला ल्याइएको ई-रिक्सा शादाब एण्ड कम्पनी नै भएको संचालक अनार मोहम्मद इस्तियाक राईले बताउनु भयो ।

अहिले बजारभरी यहि ई-रिक्सा चलिरहेको छ । शादाब एण्ड कम्पनीले बजारमा ल्याएको बिधुतीय स्कुटी, रिक्सा ब्राण्डेट रहेको जनाएको छ । उहाँले आधिकारिक र बैधानिक तरिकाले स्कुटी र रिक्सा संचालन भएको पनि धारणा व्यक्त गर्नु भयो ।


वैज्ञानिकहरुका अनुसार वातावरण प्रदुषणको मुख्य कारक पेट्रोलियम पदार्थ नै हो । विश्वमै वातावरणीय प्रद्रुषण कम गर्ने उपायको खोजी भइरहेको वेला इलेक्ट्रिक सवारी साधन एक विकल्पको रुपमा आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »