सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा शेर्पासँघ बाँकेद्वारा ग्याल्बो ल्होसार पर्व भब्यताका साथ मनाईंदै

नेपालगन्ज, नेपालगन्जमा नेपाल शेर्पा सँघ बाँकेद्वारा विविध कार्यक्रम आयोजना गरी ग्याल्बो ल्होसार पर्व मनाएका छन् । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औं ग्याल्बो ल्होसार मनाएका हुन् । ल्होसारको अवसरमा नेपालगंजको न्यु रोड स्थित रहेको बौद्ध गुम्बामा शेर्पा समुदायले आज पूजा गरेका छन् ।


मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ । नेपाल शेर्पा सँघ बाँकेद्वारा आयोजित नेपालको राष्ट्रिय पर्व ग्याल्बो ल्होसार २०७९ को उपलक्ष्यमा शेर्पा समुदायका युवायुती नगदसहित पुरस्कार आज बितरण गरेको छ । नेपाल शेर्पा सँघ बाँके बरिस्ठ सल्लाहकार नुरी शेर्पाले बताउनु भएको थियो ।


अब आउने दिनमा शेर्पा समुदायका युवा तथा युवतीहरुलाई उच्चशिक्षा दिने काम नेपाल सरकारको हो बाँके शेर्पा सँघकी बरिस्ठ सल्लाहकार नुरी शेर्पाले बताउनु भएको छ । ग्याल्बो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाइन्छ । ग्याल्बो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ ।


शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।ग्याल्बो ल्होसारको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »