सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा संकलित परीक्षणको नतिजा नेगेटिभ

नेपालगञ्ज, नेपालगन्जमा बिहीबार संकलन भएको ४८ स्याम्पलको रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठ का अनुसार मेडिकल कलेजको ८ गरि ५६ कै रिपोर्ट सबै नेगेटिभ आएको हो ।

यसमा खजुराबाट संकलन गरिएको १७ जनाको स्वाब समेत जोडिएको छ । शनिबार नगरको वडा नम्बर ८ नगर भवन र वडा नम्बर ३ को एक्लैनीमा स्वाब संकलन गरिएको छ ।

शनिबार प्रदेशसभा सदस्य मो.याकुब अन्सारी, नेपालगञ्जका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमाथापा मगर लगायतको कोरोना परीक्षणका लागि स्वाव संकलन भएको छ । शुक्रबार कोरोना परीक्षणका लागि दुईहजार किट प्राप्त भएपछि परीक्षणलाई ब्यापक बनाइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

स्वाब संकलन कार्य आज आईतबार पनि जारी रहनेछ । नगरभित्र जोखिममा रहेका सबै क्षेत्रमा स्वाब संकलन गरिने भन्दै उपमहानगरपालिकाले परीक्षणमा सहभागी हुन सबैमा अपिल गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »