सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा सशस्त्र प्रहरीद्वारा अवैध सामाग्री सहित २ वटा मोटर साइकल बरामद

नेपालगन्ज , नेपालगन्जको सिमा नाकाबाट सशस्त्र प्रहरीले भारतबाट भित्रीदै गरेका २ लाख ४२ हजार १ सय रुपैयाँ बराबरका अवैध सामाग्रीसहित २ वटा मोटरसाइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डमा गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज १५ पिप्रहवा सिमा नाकाबाट लाखौं रुपैयाँका अवैध सामाग्री बरामद गरेको हो ।


सहयाक निरीक्षक थारुको कमान्डले एउटा मोटरसाइकलसहित १ लाख ३१ हजार ५ सय रुपैयाँ बराबरका इलेक्टि्रकल सामाग्री बरामद गरेको हो ।


सशस्त्र प्रहरी बाँकेका अनुसार बिहानको समयमा हुस्सु र कुहिरो लागेका कारण केही नदेखिने भएकाले अवैध सामाग्री भित्र्याउदै गर्दा पनि सशस्त्रका सहायक निरीक्षक थारुको चलाखीले गर्दा सामाग्री बरामद भएको हो ।

बिना भन्सार ल्याइएका साना अवैध सामग्री समेत बरामद गर्न सशस्त्र प्रहरी उपरीक्षक अशोक बमको निर्देशन


सशस्त्र प्रहरीले अहिले सानो सानो सामग्री समेत बरामद गर्दै आएको छ। यस्तै सशस्त्र प्रहरीको चौलिका चेक पोस्टले चेकजाँचका क्रममा आज बिहान भारतबाट ल्याउदै गरिएका बिना भन्सारका जुत्ता र ब्ल्याकेटसहित एउटा मोटरसाइकल समेत बरामद गरेको छ ।

चौलिका चेक पोस्टले बरामद गरेको सामाग्रीको मूल्य १ लाख १० हजार ६ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।


बरामद गरिएका सबै अवैध सामाग्रीलाई आजै नेपालगन्ज भन्सार कार्यालय बुझाईसकेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।


सशस्त्र प्रहरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले अवैध सामाग्री ओसार पसार नियन्त्रण तथा र भारतबाट बिना भन्सार ल्याइने सानो-सानो सामग्री समेत बरामद गर्न कडा निर्देशन दिएसँँगै सशस्त्र प्रहरीले सानो-सानो सामग्रीलाई समेत बरामद गर्दै आएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »