सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा हनुमानगढीका स्व.गुरु श्री श्री श्री १००८ हिरामान हरि गिरी (हरिशंकर गिरी)को दोस्रो पुण्य तिथिको अवसरमा सुन्दर काण्ड पाठ गरिने


नेपालगन्ज, नेपालगन्जको हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समिति अन्र्तगत हनुमत गौशाला समितिको आयोजनामा हनुमानगढीका स्व.गुरु श्री श्री श्री १००८ हिरामान हरि गिरी (हरिशंकर गिरी)को शनिवार दोस्रो पुण्य तिथिको अवसरमा सुन्दर काण्ड पाठ र भण्डाराको आयोजना गरिने भएको छ ।


हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समिति अन्र्तगत हनुमत गौशाला समितिको अध्यक्ष सुदीप भट्टराईको अध्यक्षतामा बैठक बसी नेपालगन्जका श्री श्री श्री १००८ हिरामान हरि गिरी (हरिशंकर गिरी) को यही भाद्र २८ गते शनिवारका दिन दोस्रो पुण्य तिथि परेकोले सो पुण्य तिथिका दिन बिहान ८ः३० बजे देखि ११ बजे सम्म सुन्दर काण्ड पाठ गरिने, गुरुजीको समाधीमा आरती पूजन र सोही दिन नेपालगन्ज–२ हनुमानगढी गौशालामा ११.३० बजे देखि भण्डाराको कार्यक्रम शुरु हुने भएकोले सो भण्डारामा सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई प्रसाद ग्रहणका लागी हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समिति अन्र्तगत हनुमत गौशाला नेपालगन्जका अध्यक्ष सुदीप भट्टराईले अनुरोध गर्नुभएको छ ।
सो बैठकमा समितिका उपाध्यक्ष जीतेन्द्र सिंह, सचिव बिश्वजीत तिवारी, कोषाध्यक्ष राजेश थापा, सहसचिव बृजेश बहादुर सिंह, सदस्यहरुमा गजेन्द्र बहादुर हमाल र पवन कुमार अग्रवालको उपस्थित रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »