सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा हिन्दू राज्यको माग राख्ने प्रदर्शनमा सहभागि हुन अपिल

नेपालगन्ज, बाँकेको नेपालगन्जमा विभिन्न हिन्दु धार्मिक संगठनहरूले आउने मंसिर १३ गते शनिबार भब्य ¥याली निकाल्ने भएको छ ।

अहिलेको सरकारको गतिविधि र युवाहरुको चाहनाले राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापना माग गर्दै नेपालगन्जमा प्रदर्शन गर्ने भएका छन् ।


हिन्दु राष्ट्रवादी नामक युवाहरुको समुहले मंसिर १३ गते शनिबार बागेश्वरी मन्दिर परिसरबाट मोटरसाइकल ¥याली तथा पथ यात्रा गर्ने भएको छ ।


उक्त पथयात्रा बागेश्वरी मन्दिर बाट न्युरोड, सेतुविक चोक, होटल कलपत्रु, बसपार्क रोड, पुष्पलाल चोक, धम्बोजि, घरबारी टोल, भित्रिने मोड, त्रिभुवन चोक, चारबाहिनी, गणेषमान चोक र विपि चोकमा पुगि कोण सभा गर्ने नेपाल शिवसेना अध्यक्ष राज कुमार रौनियारले जनाएका छन् ।


हिन्दू राज्य र राजतन्त्र सहितको माग राख्दै प्रदर्शन गर्ने तयारीमा लागेको र सम्पुर्ण बाँकेका युवा तथा हिन्दु धर्मालम्बीहरु तथा राजा चाहने सम्पुर्ण नेपालीहरू हिन्दु धर्मलाई छातिमा राखेर पार्टीलाई त्यागेर प्रदर्शनमा सहभागिता जनाई दिन अध्यक्ष रौनियारले अपिल गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »