सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा हुने क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा


नेपालगन्ज , क्यान महासंघ बाँके शाखाको आयोजनामा यही फागुन २० देखि २४ गतेसम्म नेपालगन्जमा हुने क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

अहिले स्टल निर्माणको काम समेत शुरु भइसकेको क्यान महासंघ बाँकेका अध्यक्ष रमणी प्रसाद शर्माले बताए ।
विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोशिएसन विथ वोल्र्ड लिंक’ आयोजना हुँदै छ ।

क्यान ईन्फोटेकको ४ थौं संस्करणमा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ ।

हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आई सीटी कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ्ग ईन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयररसफ्टवेयरसँग सम्बन्धित सामाग्रिहरुका स्टल प्रचार प्रसार समिति संयोजक शरद रिजालले बताए ।

यसपटक बिगतको भन्दा परिस्कृत क्यान इन्फोटेक आयोजना हुँदै छ । बिगतको वर्षभन्दा फरक अनुभुती हुने छ ।

बिशेष कम्प्युटर, मोबाईल तथा सूचना प्रविधिको बृहद प्रदर्शनी गर्दैछौं । अनलाइन अर्निग, आईटी सचेतना, अनलाइन बिलिगं लगायत बिभिन्न विषयमा दैनिक बृहद प्रदर्शनी हुने छ भने रोबटिक फाईट प्रतिस्पर्धा गरिने छ ।
त्यस्तै नेपाली बैज्ञानिकद्धारा निर्मित रोबट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, सफ्टवेयरको विकास गर्ने ह्याकाथुन प्रतियोगिता गरिने छ भने पब्जी, फिपा लगायतका बिभिन्न खेलहरु हुने छ । एग्रीकल्चर ड्रोनको प्रदर्शनी, फेसबुक, टिकटक प्रतिस्पर्धा हुने छ ।

यस्ता छन् प्रतियोगिताको पुरस्कार
क्यान इन्फोटेकमा पहिलो पटक पब्जी गेमिङ्ग प्रतियोगिता हुँदै छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, द्धितीयलाई रु १५ हजार र तृतीयलाई रु ५ हजार राशीको पुरस्कार व्यवस्था गरिएको छ ।

त्यस्तै सेल्फी प्रतियोगिताको पुरस्कार रु ५१ सय राखिएको छ । आयोजकले क्यान मेला आयोजनास्थलमा सेल्फी प्वाईण्ट राख्ने छ र उक्त ठाउँमा खिचेको सेल्फी क्यान महासंघको फेसबुक पेजमा ट्याग गर्नुपर्ने छ ।

त्यसरी ट्याग गरिएको फोटोमा जसको सबैभन्दा धेरै लाईक आउँछ उसलाई बिजेता घोषणा गरिने छ । त्यस्तै टिकटकको पुरस्कार राशी पनि रु ५१ सय कायम गरिएको छ ।

सूचना प्रविधिसंग जोडिएको टिकट बनाएर आफ्नो आईडीमा अपलोड गरी क्यान महासंघ बाँकेको फेसबुक पेजमा ह्यास्ट्याग गर्नुपर्ने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »