सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघले निजीक्षेत्रलाई सरकारका तर्फबाट राहत सहयोग घोषणा गराउनका लागि आवश्यकताका आधारमा आन्दोलनको तयारी गर्ने निर्णय गरे

नेपालगञ्ज, नेपालगन्ज उद्योग वाणिज्य संघको मंगवार बसेको बैठकले बिभिन्न निर्णय गरेको छ ।

अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले निजीक्षेत्रलाई सरकारका तर्फबाट राहत सहयोग घोषणा गराउनका लागि आवश्यकताका आधारमा आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारद्धारा कोरोनो महामारीको संकटमा उद्योगी, व्यवसायीहरुमा पर्न गएको असहजतालाई बजेट मार्पmत पर्याप्त सम्बोधन नगरेको र अगामि नेपाल राष्ट्र बैंकद्धारा जारी गर्ने मौद्रिक निति मार्पmत उद्योगी, व्यवसायिहरुका विभिन्न मागहरु (बैंक ब्याज छुट मिन्हा र सहुलियत, आदि) लगायत सरकारबाट सम्बोधन हुन सक्ने सम्पूर्ण मागहरुका लागि सरकारलाई दबाव दिनका लागि आवश्यकता अनुसार आन्दोलनको कार्यक्रम बनाउने निर्णय गरेको हो ।


सोका लागि विभिन्न जिल्ला तथा नगर उ.वा.संघहरुलाई आन्दोलनमा एक्यबद्धता जाहेर गर्न पत्राचार गर्नु, व्यवसायिक राहतका लागि नेपाल सरकारसँग माग गर्ने, नेपाल राष्ट्र बैंक लगायत (क) र (ख) वर्गका वाणिज्य बैंकहरुसँग समन्वय गरि यथाशिघ्र छलफल कार्यक्रम गर्ने सर्वसम्मतिले निर्णय गरिएको महासचिव चिरञ्जीवी ओलीले बताए ।


बैठकले संघका पदाधिकारी तथा कार्यसमिति सदस्यले कोभिड–१९ बाट प्रभावित व्यवसायीहरुको घरभाडा छुट, सहुलियत गर्न, गराउनका लागि आ–आप्mनो क्षेत्रबाट पहल गर्नुपर्ने र पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको घरमा व्यवसाय सञ्चालन गर्ने, व्यवसायीहरुलाई घरभाडा छुट गर्नका लागि सहमति र समझदारीका आधारमा छुट गर्ने सर्वसम्मतिबाट निर्णय गरेको छ ।


बैठकले संघद्धारा स्थापन गरिएको विपद व्यवस्थापन राहत कोषमाको हरहिसाव सार्जजनिक गरिएको छ । कोषाध्यक्ष हरिलाल न्यौपानेले पेश गरेको हरिहिसाव अनुमोदन गरिएको छ ।
बैठकले संघको विधानको परिच्छेद ५ को धारा (२७) को उपदफा (च र छ) बमोजिम विभिन्न समितिहरु गठन गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।

संघका प्रवक्ता टंकबहादुर धामीका अनुसार, संघका साधारण सदस्य प्रेमलाल श्रेष्ठको श्रीमति शोभा श्रेष्ठ विगत सात (७) महिना देखि प्राण घातक रोग क्यान्सर सँग जुधी रहेकोले कार्यसमितिका पदाधिकारी तथा सदस्यद्धारा व्यक्तिगत रुपमा ५१ हजार आर्थिक सहयोग गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »