सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा बाँकेका प्रहरी उपरिक्षक रानालाई स्वागत


नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिजय संघले बाँकेका नयाँ प्रहरी प्रमुख एसपी ओम बहादुर रानालाई स्वागत गरेको छ ।

संघको कार्यकक्षमा स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको थियो । अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतका पदाधिकारीले दोसल्ला ओढाएर स्वागत गरे ।


महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, संघका बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, उपाध्यक्ष अमित बस्नेत, महासचिव चिरञ्जीवी ओली पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रहरी उपरिक्षक रानाले आप्mनो मन्तव्यमा उद्योगी, व्यवसायीहरु राष्ट्रका मेरुदण्ड हुन भन्ने कुरामा जोड दिदै उद्योगी, व्यवसायीहरुका हरेक समस्यामा आफु सँगै रहने प्रतिबद्धता जहिर गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »