सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्णय पछि घरधनीले स्वस्फुर्तरुपमा भाडा छुट दिन थाले


नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्यसमिति सदस्यले आफ्नो घरमा भाडामा बसेका उद्योगी, व्यवसायीलाई घरबहाल छुट दिने स्वघोषणा गरेसंगै यसको सकारात्मक प्रभाव पर्न थालेको छ ।

संघका पदाधिकारी एवं कार्यसमितिका सदस्यले कोरोनाबाट प्रभावित उद्योगी, व्यवसायीको राहतका लागि आफ्नो घरमा बस्ने व्यवसायीबाट बहाल नलिने घोषणा गर्दै कार्यान्वयन गरेका थिए ।

सरकारले घरबहाल नलिन घरधनीका हकमा अनुरोध गरे पनि कार्यान्वयन नभइरहेका बेला नेपालगन्ज उद्योग वाणिज्य संघले सकारात्मक पहल गरेको थियो ।


संघको असार १६ गते बसेको बैठकले संघका पदाधिकारी तथा कार्यसमिति सदस्यले कोभिड–१९ बाट प्रभावित व्यवसायीहरुको घरभाडा छुट, सहुलियत गर्न, गराउनका लागि आ–आप्mनो क्षेत्रबाट पहल गर्नुपर्ने र पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको घरमा व्यवसाय सञ्चालन गर्ने, व्यवसायीहरुलाई घरभाडा छुट गर्नका लागि सहमति र समझदारीका आधारमा छुट गर्ने सर्वसम्मतिबाट निर्णय गरेको थियो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले आफ्नो क्षमता र सार्मथ्यका आधारमा बहालमा रहेको घरको भाडा नलिएको बताए ।

अरुले नगरे पनि शुरुवात आफैबाट गर्नुपर्छ भनेर उक्त निर्णय गरी कार्यान्वयनमा ल्याएको मन्सुरीले बताए ।
संघका महासचिव चिरञ्जीवी ओलीले संघको निर्णयको सकारात्मक नतिजा आएको बताएका छन् ।

उनले सरकारको तर्फबाट कुनै पनि राहत नपाएको अवस्थामा घरभाडा छुटले पनि व्यवसायीलाई ठूलो राहत प्रदान गरिहेको जानकारी दिए ।
महासचिव ओलीले घरभाडा छुटका लागि घरधनीसंग प्रत्यक्ष संवाद र मध्यस्थता समेत गरेर छुट दिलाउने काम भइरहेको बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »