सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालयमा हेल्प डेक्स स्थापना


नेपालगन्ज, नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालयमा बिहिवार हेल्प डेक्स स्थापना गरेको छ ।
कर कार्यालयसंग सम्बन्धीत व्यवसायीक समस्या समाधानको सहजिकरणका लागि स्थापना गरिएको हेल्प डेक्सको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत प्रकाश पौडेल र संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संयुक्तरुपमा उद्घाटन गरे ।


असोज मसान्तसम्म उक्त हेल्प डेक्स सन्चालन हुने छ भने त्यसका लागि दुई जना कर्मचारी खटाइएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत पौडेल र संघका अध्यक्ष मन्सुरीले करसंग सम्बन्धीत समस्या समाधानका लागि समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।
संघले हरेक वर्ष हेल्प डेक्स स्थापना गर्दै आएको महासचिव चिरञ्जीवी ओलीले बताए ।


हेल्प डेक्स समन्वय समितिका संयोजक सलाउद्धिन जसगढले हेल्प डेक्सले कर कार्यालयसंग सम्बन्धीत व्यवसायीका समस्या समाधानमा सहयोग गर्ने जानकारी दिए ।


कार्यक्रममा संघका उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंक धामी लगायतका कार्यसमिति सदस्य, कर्मचारीको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »