सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना बिरुद्ध चेतना मुलक कार्यक्रम

नेपालगन्ज, नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा सर्वसाधारणलाई मास्क वितरण गर्नुका साथै कोरोना बिरुद्ध चेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, संघका पदाधिकारी एवं कार्यसमिति सदस्य, जिल्लास्थित नेपाली सेना, प्रहरीका प्रमुख समेतको उपस्थितीमा मास्क नलगाएका सर्वसाधारणलाई निःशुल्करुपमा मास्क वितरण गरिएको थियो ।

धम्वोझीचोकबाट शुरु भएको चेतनामुलक कार्यक्रममा घरवारीटोल लगायतका क्षेत्रमा पुगेको थियो ।


सरोकारवाला निकायका अगुवाले सर्वसाधारणलाई मास्क लगाउन, सामाजिक दुरी अनिवार्यरुमा पालना गर्न आग्रह गरेका थिए । संघले कोरोना संक्रमण बिरुद्धको अभियानमा सहकार्य गर्दै आएको अध्यक्ष मन्सुरीले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »