सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा ब्यूटिसियन महिलाको कोरोना परीक्षण

नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा सौन्र्दय कला व्यवसायी संघ बाँके आवद्ध महिलालाई सोमवार स्वाव परीक्षण गरिएको छ ।

संघको सभाहलमा स्वाब परीक्षण गरिएको हो । ५० महिलाको स्वाब परीक्षण गरिएको संघका महासचिव चिरञ्जीवी ओलीले बताए ।

बाँकेमा स्वास्थ्य प्रोटोकल पालना गरेर ब्यूटिपार्लर सन्चालन गर्न दिन माग गरिएका बेला ब्यूटिसियनहरुको कोरोना परीक्षण गरिएको हो ।

लामो समयदेखि पार्लर सन्चान हुन नपाउँदा सचालक महिलाहरुलाई समस्या भइरहेको छ । तीन सय बढि व्यूटिपार्लरमा पाँच सय बढिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका थिए ।

अप्रत्यक्षरुपमा यो संख्या धेरै छ । लामो समयदेखि ब्यूटिपार्लरमा ताला लाग्दा धेरै जना बेरोजगार बनेका छन् ।

त्यसैलाई मध्यनजर गर्दै सौन्र्दकला व्यवसायी संघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघको समन्वयमा बाँकेका प्र्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंलाई भेटेको अध्यक्ष दुर्गा अधिकारीले बताइन ।

उनका अनुसार स्वास्थ्य प्रोटोकलको पूर्णरुपमा पालना गरी ब्यूटिपार्लर सन्चालन गर्न दिन माग गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीले यस विषयमा माथिल्लो निकायसंग समन्वय गरिने आवश्यक निर्णय गर्ने जनाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »