सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा स्वास्थ्यकर्मीलाई पिपिई सहयोग

नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा ३ वटा अस्पतालका स्वास्थ्यकर्मीलाई पिपिई सहयोग नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघले भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ ।

मंगलवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले तीनवटै स्वास्थ्य निकायलाई डेढ सय बढि पिपिई हस्तान्तरण गरेका हुन । थप अन्य पिपिई बन्दै छ ।

पिपिई कोरोना संक्रमण भएका बिरामीको स्वास्थ्य उपचार गर्ने स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका लागि लगाउनै पर्ने कपडा हो ।

नेपालगन्जमा यो उपलब्ध नहुँदा स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गर्नै नसक्ने अवस्था उत्पन्न भएको थियो । स्वास्थ्यकर्मीको मागलाई ध्यानमा राख्दै नेपालगन्ज उद्योग वाणिज्य संघले पिपिईको सहयोग गरेको हो ।

संघका अध्यक्ष मन्सुरीले चिकित्सकको सल्लाह अनुसार पिपिई तयार भएको बताए । अब बन्ने पिपिई भेरी अस्पताललाई उपलब्ध गराउने जानकारी दिदै संघका अध्यक्ष मन्सुरीले भने,–‘कोरोना बिरुद्धको अभियानमा निरन्तर सहयोग रहने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »