सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघले तेजनगरमा अत्यावश्यक खाद्य बस्तुहरुको घुम्ती सेवा सन्चालन गरे


नेपालगन्ज ,नेपालगन्ज उद्योग वाणिज्य संघले आईतवार नेपालगन्ज वडा नं १ को तेजनगरमा अत्यावश्यक खाद्य बस्तुहरुको घुम्ती सेवा सन्चालन गरेको छ ।

उक्त घुम्ती सेवा शनिवार देखि शुरु भएको थियो । खाद्य सामाग्री र तरकारी सहितको भ्यान मार्फत सेवा प्रदान भइरहेको संघका कोषाध्यक्ष हरिलाल न्यौपानेले जानकारी दिए । उक्त घुम्ती शिविर भोली वडा नं १२ मा सन्चालन हुने छ ।

घुम्ती सेवामा गाडी मार्फत टोल(टोलमा चामल, दाल, पिठो, नून, तेल , तरकारी जस्ता अत्यावश्यक सामाग्री उपलब्ध गराइन्छ ।


लकडाउनको अवस्थामा कुनै पनि प्रकारको उपभोग्य सामाग्रीमा अभाव सिर्जना नहोस् भन्नका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले सम्बन्धित वडा र नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघसंग समन्वय गरेर घुम्ती पसल सन्चालन गर्दै आएको छ ।

तेजनगरमा आईतवार भएको घुम्ती शिविरमा संघका कोषाध्यक्ष न्यौपाने सहित कार्यसमिति सदस्य श्यामसुन्दर अधिकारीको सहभागिता थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »