सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको ध्यानार्कषण


नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणबाट जोगिन घरमा बसिरहेका नागरिकलाई चर्को गर्मीबाट जोगाउन नियमितरुपमा विद्युत दिने व्यवस्था मिलाउन माग गरेको छ ।

केहीदिन देखि नेपालगन्जमा गर्मी बढिरहँदा विद्युत समेत अनियमित भएको छ । जसका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।


उद्योग,कलकारखाना नचलेको र पसलहरु नखुलेको अवस्थामा समेत विद्युत अनियमित हुनु दुःख कुरा भएको भन्दै संघले समस्या समाधानका लागि बुधवार संघले नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको ध्यानार्कषण गराएको हो ।


प्राधिकरण मार्फत उर्जा मन्त्रालयदेखि केन्द्रीय कार्यालयसम्मको ध्यानार्कषण गराइएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको नेतृत्वका गएको टोलीले विद्युतका कार्यालय प्रमुखलाई ध्यानार्कषण पत्र बुझाउँदै तत्काल विद्युत नियमित गर्न माग गरेको महासंचिव चिरञ्जीवी ओलीले बताए ।


विद्युतका विषयमा ध्यानार्कषण गराउन संघका अध्यक्ष मन्सुरी, बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, महासचिव चिरञ्जीवी ओली, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंकबहादुर धामी लगायत विद्युत कार्यालय पुगेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »