सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०७७/७८ को बजेटका बारेमा नेपालगन्जका उद्योगी/ व्यवसायी र अर्थशास्त्रीहरुले मिश्रित प्रतिक्रिया छलफल


नेपालगन्ज ,आर्थिक वर्ष २०७७/७८ को बजेटका बारेमा नेपालगन्जका उद्योगी, व्यवसायी र अर्थशास्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघले बजेटका विषयमा शुक्रवार भर्चुअल छलफलमा आयोजना गरेको थियो ।


छलफलमा सहभागिले बजेटमा स्वास्थ्य, कृषि, पर्यटन र साना तथा मझौला उद्योगका लागि राहात महसुस गर्ने कार्यक्रम ल्याएको बताए । तर ठूला उद्योग, रोजगारी सिर्जना गर्ने र ‘टे«डिङ बिजनेश’ लाई उकास्ने विषयमा बजेटले बिशेष योजना ल्याउन नसकेको औल्याए । उनीहरुले प्रदेश राजधानी केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिदा बाँकेले उल्लेखिय केही नपाएको पनि बताएका छन् ।


‘यो बजेटले कोरोनाका कारण ध्वस्त भएको अर्थतन्त्रलाई पुर्नजिवन दिने सम्भावना म देख्दिन ।’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्यले भने–‘मैले अपेक्षा गरे अनुसारको बजेट आएन ।’ आचार्यले बजेटमा साना तथा मझौला उद्योग, कृषी र स्वास्थ्यलाई भने प्राथमिकतामा राखिएको बताए ।


पूर्व केन्द्रीय सदस्य आचार्यले पुरानै आयोजनाको निरन्तरता बाहेक बाँकेलाई यसपटकको बजेटले उल्लेखिय कुनै योजना समेट्न नसकेको बताए ।
महासंघका पूर्व केन्द्रीय सदस्य अच्यूत प्रसाईले कोरोनाका कारण प्रभावित ठूला औद्योगिक क्षेत्रलाई बजेटले सम्बोधन नगरेको बताए । उनले भने,‘अहिलेको अवस्थामा हेल्थ सेक्टरलाई प्राथमिकतामा राख्ने कुरा नयाँ होइन । यो जरुरी नै थियो । तर अर्थतन्त्रका लागि उपलब्धीमुलक हुने देखिएन ।’
प्रसाईले हरेक योजना प्रदेश राजधानी केन्द्रीत राखिएकाले नेपालगन्ज जस्ता शहर पछि परेको बताए ।
महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बाँकेका लागि पुरानै योजना समेटिएको बताउँदै नयाँ कुरा केही नआएको बताए । श्रेष्ठले भने,–‘सुख्खा बन्दरगाहा, सिक्टा जस्ता योजनालाई निरन्तरता दिने भनिएको छ ।

यो नयाँ होइन पुरानै हो ।’ नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्यले विषम परिस्थितीमा आएको बजेटलाई सन्तोषजनक नै मान्न सकिए पनि निजीक्षेत्रका लागि भने अपेक्षाकृत नभएको बताए ।


संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बाँकेका लागि नयाँ योजना आउने अपेक्षा गरेपनि त्यसो नभएकाले निरास बनाएको बताए ।
मन्सुरीले भने,–‘हामीलाई पहिले जस्तै अहिले पनि ठगिएको महसुस गरिएको छ ।’ छलफलमा बोल्दै अर्थशास्त्री कमानसिंह बोहरा, भुवनेश्वर लामिछाने, कोषराज रेग्मी, , लेखापरिक्षक करिम खान, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले बजेट परम्परागतशैलीमा आएको र कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न खासै प्रभावकारी योजना आउन नसकेको बताए ।

छलफलमा संघका बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, महासचिव चिरञ्जीवी ओली, पूर्व उपाध्यक्ष दुर्गा भण्डारी, कोषाध्यक्ष हरिलाल न्यौपाने, कार्यसमिति सदस्य भिम रानाभाट, टंकप्रसाद शर्मा, भिमलाल कँडेल लगायतले बोलेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »